• गायक सुगम पोखरेलले भने– लाखौंमा एक तिमी (भिडियो हेर्नुहोस्)

    म्यूजिक खबर
    प्रकाशित: १४ माघ २०७६, मंगलवार
    Sugam Pokharel

    काठमाडौं । लोकप्रिय गायक सुगम पोखरेल यतिखेर मायाप्रेमको गहिराईमा डुबेका छन् । ‘लाखौंमा एक तिमी’ भन्दै आफ्नी प्रेमीप्रति समर्पित रहेको गीत लिएर आएका हुन् गायक पोखरेल ।
    गायक सुगम पोखरेलको आवाज रहेको यस गीत गायक पोखरेलको पनि सोलो गीत धेरै पछि आएको हो । ‘यस गीतबाट मैले निकै राम्रो आशा गरेको छु । मेरा सोलो गीतहरु प्राए सबै जसो हिट छन् यस बाट पनि म ढुक्क छु’ गायक पोखरेलले भने ।

    मोडल तथा गीतकार मनोज सिग्देल (युरेश) को शब्द संगीत रहेको यस गीतमा गीतकार सिग्देल र मोडल बिन्दु दवाडीलाई फिचर्ड गरिएको छ ।

    यस अघि ‘आफु भन्दा जेठी’ बोलको गीतबाट शब्द र अभिनयमा राम्रो नाम बनाएको सिग्देलको यो संगीतमा रहेको गीतले पनि नेपाली सांगीतिक बजारमा राम्रो नाम कमाउनेमा उनी ढुक्क रहेका छन् । भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् भने अर्जुन तिवारीले छायाँकन गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु