गायक सुगमले बबी लिम्बूलाई भने– ‘भन कुन चाहिँ खुशी दिउँ’ ?

म्यूजिक खबर
प्रकाशित: २३ फाल्गुन २०७६, शुक्रबार
Sugam Pokharel

काठमाडौं । लोकप्रिय गायक सुगम पोखरेलले गाएका हरेक गीतले चर्चासँगै सफलता पनि चुमेको हुन्छ । पछिल्लो समय एकपछि अर्को गर्दै उनका चर्चित गीतहरुले सफलता चुमेको बेला अर्को एउटा गीत ‘भन कुन चाहिँ खुशी दिउँ’ बजारमा आउँदा झन् चर्चा चल्न थालेको छ । गायक सुगम पोखरेल र गायिका बबी लिम्बुको स्वरमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको छ । ‘भन कुन चाहिँ खुसी दिउँ’ गीत सार्वजनिकसँगै अब अर्को एउटा मायाप्रेममा समर्पण गरेको गीत थपिएको छ जसले चर्चा पाउनेमा विश्वास लिइएको छ । ‘भन कुन चाहिँ खुशी दिउँ’ लाई गीतकार ईश्वर शिवाकोटीले लेखेका हुन् भने तथा अर्जुन पोखरेलले संगीत भरेका छन् । संगीत उत्पादकका रुपमा राम्रो छवि बनाएका गीतकार शिवाकोटीले आधा दर्जनभन्दा बढी गीत लेखेर रेकर्ड गराइसकेका छन् । तर उनी गीतकारका रुपमा भन्दा पनि उत्पादकका रुपमा परिचित छन् ।


‘भन कुन चाहिँ खुशी दिउँ’ गीतको भिडियो जोमसोमको रमणीय दृश्यमा छायांकन गरिएको हो। निशान काश्यप घिमिरेले निर्देशन गरेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका छन् । भिडियोमा सुरेश काफ्लले ड्रोन उडाएका छन्। सृष्टि खड्का र निराजन प्रधान फिचर्ड भिडियोलाई प्रमोद भण्डारीले कोरियोग्राफी गरेका छन् । अम्बिका म्युजिकको प्रस्तुतिमा बनेको भिडियोलाई निर्देशक निशान काश्यपले नै सम्पादन गरेका हुन् । भिडियोलाई अम्बिका म्यूजिककै यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु