‘सुगम सङ्गीत यात्रा’को स्वर्ण शृङ्खला

म्यूजिक खबर
प्रकाशित: १० श्रावण २०७६, शुक्रबार

पोखरा । पोखराबाट सञ्चालित साङ्गीतिक अभियान ‘सुगम सङ्गीत यात्रा’को स्वर्ण शृङ्खला आगामी भदौ अन्तिम साता हुने भएको छ ।

पोखरामा व्रिmयाशील अनुपम म्युजिक, त्रिवेणी सङ्गीतालय र जे. ई. म्युजिक एकेडेमीको संयुक्त आयोजनामा हरेक महिना हुँदै आएको यात्राको ५० औँ शृङ्खला विशेष बनाउनका लागि पोखरेली सङ्गीतकर्मीहरुको भेलाबाट आयोजक मूल समिति गठन गरिएको छ । अनुपम म्युजिकका प्रबन्ध निर्देशक तथा सुगम सङ्गीत यात्राका अध्यक्ष अनुराग अधिकारीको संयोजकत्वमा गठित समितिमा त्रिवेणी सङ्गीतालयका प्रबन्ध निर्देशक नवराज बराल र जे. ई. म्युजिक एकेडेमीका प्रबन्ध निर्देशक रामभक्त जोजिजू सहसंयोजक रहेका छन् । यात्राका सचिव रुपिन्द्र प्रभावी समितिका सदस्य सचिव रहेका छन् ।

यसै गरी कार्यक्रमलाई भव्य बनाउनका लागि विभिन्न उपसिमितहरु पनि गठन गरिएका छन् । भेलाबाट देवीमाया गुरुङको संयोजकत्वमा खिमकुमार गुरुङ, रोहनजङ कार्की र राहुल थापा मगर सदस्य रहेको आर्थिक उपसमिति, रोम तामाङको संयोजकत्वमा जय चापागाईँ, खेम लामा र अमित गौतम सदस्य रहेको कलाकार छनोट तथा सङ्गीत संयोजन उपसमिति, अनुज कुलुङको संयोजकत्वमा सन्तोष बस्याल, मिलन प्रतीक र एम. डी. काफ्ले सदस्य रहेको प्रचार प्रसार उपसमिति, पिङ्गला भट्टको संयोजकत्वमा लक्ष्मी गिरी, कमला अर्याल र सुनील बराल सदस्य रहेको टिकट तथा मायाको चिनो व्यवस्थापन उपसमिति र निर्मल श्रेष्ठको संयोजकत्वमा सन्तोष पराजुली, प्रज्ज्वल भित्रीकोटी र उपेश थापा सदस्य रहेको मञ्च व्यवस्थापन उपसमिति गठन गरिएका छन् ।

भदौ २८ गते पोखरामा हुने कार्यक्रममा पोखराका अग्रज र नयाँ पुस्ताका गायक÷गायिकाले सुगम सङ्गीत प्रस्तुत गर्ने छन् । २०७२ साउन २ गतेदेखि सञ्चालित अभियानका शृङ्खलाहरु पोखराका विभिन्न स्थानसँगै पर्वत, काठमाडौँ, तनहुँ, दार्जिलिङलगायतका ठाउँमा सम्पन्न भएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु