‘डोली सजाई’ : अर्जुनको संगीत, सुगम र दुर्गाको स्वर

म्यूजिक खबर
प्रकाशित: १५ फाल्गुन २०७६, बिहीबार

काठमाडौं । सफलताको शिखर चुमेर, नेपाली नेपाली सांगीतिक दुनियाँमा अलग्गै पहिचान बनाउन सफल छन् संगीतकार अर्जुन पोखरेल, गायक सुगम पोखरेल र गायिका दुर्गा खरेल । सांगीतिक फाँटमा सफल अर्जुन, सुगम र दुर्गा यतिबेला ‘डोली सजाई’ भन्दै प्रेमील बनेका छन् । प्रसंग हो भर्खरै सार्वजनिक भएको गीतको । डोली सजाई बोलको गीतमा गायक सुगम पोखरेल र दुर्गा खरेलले स्वर दिएका छन् भने अर्जुनले संगीत तथा भरेका छन् । गीतमा संगीत संयोजन समेत अर्जुनले नै गरेका हुन् । सार्वजनिक गीतमा गीतकार अम्बिका गुरुङको शब्द सुन्न सकिन्छ ।

पछिल्लो समयमा म्यूजिक भिडियोमा निकै व्यस्त बनेका र थुप्रै फ्यान फलोअर्स कमाउन सफल नायक तथा मोडल पल शाह र रेश्मा घिमिरेले अभिनय गरेका छन् । भिडियोको निर्देशन शिव विकले गरेका हुन् । अर्जुन तिवारीले छायांकन गरेको भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।
हेर्नुहोस् भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु