सरस्वती पुजाको अवसरमा सुगमले ल्याए ‘श्वेत हंसिनी’ को शिर्ष गीत

म्यूजिक खबर
प्रकाशित: १५ माघ २०७६, बुधबार

गायक सुगम पोखरेल नेपाली सांगीतिक क्षेत्रमा निकै रुचाइएका सफल गायक हुन् । पप गीत मार्फत उदाएका उनको प्रत्येक गीत कर्णप्रिय छन् । उनले गाएका भजन, लोक, चलचित्र, पप, आधुनिक सबै विधाका गीतलाई दर्शक श्रोताले रुचाइदिएका छन् ।
दुई दशक बढी नेपाली सांगीतिक क्षेत्रमा आफ्नो उर्जा खर्चेका सुगम यतिबेला सातौं एल्बम ‘श्वेत हंसिनी’ सम्म आइपुगेका छन् । हालै एल्बमको शिर्ष गीत श्वेत हंसिनी सार्वजनिक गरेका छन् । श्री पञ्चमी अर्थात विद्यार्थी एवं संगीतकर्मीहरुको विशेष दिन सरस्वती पुजाको अवसर पारेर गीत सार्वजनिक गरेका हुन् ।

गीतको शब्द, संगीत तथा आवाज १ एमबि (वान म्यान ब्याण्ड) भनेर पनि चिनिएका सुगम पोखरेलको आफ्नै रहेकोछ भने संगीत संयोजन शैलेन्द्र प्रधान को रहेको छ । उनले गीतको भिडियोलाई आफ्नै युट्युब च्यानल (Sugam Pokhrel) मा राखेका छन ।
गीतको भिडियोमा सुगमलाई नै सरस्वती माताको आरधना गरिरहेको देखाइएको छ । भिडियो निर्देशनमा सुगमलाई साइमन राइले साथ दिएका हुन् । भिडियोको सम्पादन भने सुप्रिम पराजुलीले गरेका हुन् ।

गीतमा सरस्वती माताको आराधना गरिएको छ । दिनमा चन्द्रमा जस्तो गोरो बर्ण भएकी वीणा र पुस्तक लिएकी श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, सदा मुस्कुराइरहेकी, सर्वोत्तम आभूषणले सुशोभित भएकी, चतुर्भुजा भएकी जसमध्ये पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक, तेस्रोमा स्फटिकको माला र चौथो हात अभय मुद्रामा रहेकी राजहंसमा सवार भएकी देवी सरस्वती माताको गुणगाण गीतमा गरिएको छ । गीत कर्णप्रिय र आनन्नदायी बनेको छ ।
हेरौं गीत

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु