तीजमा महिलालाई उत्साह जगाउने गीत ‘गाएर नाचेर’

म्यूजिक खबर
प्रकाशित: १० श्रावण २०७९, मंगलवार

काठमाडौं । भदौको तृतीयामा मनाइने तीजका लागि खासगरी नाग पञ्चमीदेखि ऋषि पञ्चमीसम्म ‘तीज गीत’ गाइने प्रचलन थियो । तर पछिल्लो समय असारदेखि नै सार्वजनिक हुने गीतहरुले पहिले नै तीज आएको आभाष दिलाउँछन् । विभिन्न गायक–गायिका तथा सर्जकहरले विभिन्न कथावस्तु र भावमा तीज गीत सार्वजनिक क्रम बढ्दो छ ।

यस्तै गायिका सुजता केसीले पनि ‘गाएर नाचेर’ बोलको तीज गीत सार्वजनिक गरेकी छिन् । अर्जुन पोखरेलले लेखेको गीतमा महिलालाई रमाउने, उत्साह र उमंग दिने शब्दहरु छन् । पोखरेलको नै संगीत र संगीत संयोजन गरेको गीतमा तीजको वास्तविक लय पाइन्छ । सुजताले शब्द र संगीत आफ्नो स्वर भरेर गीतलाई मीठास बनाएकी छिन् ।

गीतमा पारिवारीक रमाइलो र उत्साह जगाउने सक्दो प्रयास गरिएको छ ।

सन्तोष राजबहाकको निर्देशन तथा नृत्य निर्देशनमा तयार भएको भिडियोमा कम्मर मर्काएका छन् – उषा उप्रेती, लोशिना लामिछाने, आभा थापा र बिनु शाक्यले । रश्मी भट्ट र गायिका सुजता समेतको नृत्य र अभिनय देख्न सकिन्छ ।
रामकुमार केसीले छायांकन गरेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु