• सुजताको ‘मलाई के थाहा त’ मा याङ्शु र युनिश (भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: ५ जेष्ठ २०७६, आईतवार

    गायिका सुजता केसीको नयाँ गीत ‘मलाई के थाहा त’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका केसीले जेठ ४ गतेको दिन आफ्नो जन्मदिनको अवसर पारेर नेपाल स्नेही काख ललितपुरलाई सहयोग गर्दै आफ्नो जन्मदिन मनाएकी छिन् । जन्मदिनकै अवसर पारेर उनले करिब ३ बर्षको अन्तराल पछिको पहिलो अफिसियल भिडियो सहित गीतको म्युजिक भिडियो पनि रिलिज गरेकी हुन् ।

    सार्वजनिक यस गीतमा सरोज लामिछानेको शब्द तथा संगीत रहेको छ भने यस गीतमा सरोज लामीछाने र सुजता केसीको गायन रहेको छ ।

    बिरेन्द्र भाट बिपिनको छायांकन तथा सम्पादन रहेको यस गीतको म्युजिक भिडियोलाइ शिब बिकले निर्देशन गरेका छन भने भिडियोमा याङ्शु श्रेष्ठ र युनिशको अभिनय रहेको छ ।

     

    संख्यात्मकतामा भन्दा गुणात्मकतामा विश्वास गर्ने सुनितालाई दश लाखको माया

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु