संख्यात्मकतामा भन्दा गुणात्मकतामा विश्वास गर्ने सुनितालाई दश लाखको माया

म्यूजिक खबर
प्रकाशित: ३ जेष्ठ २०७६, शुक्रबार

संख्यात्मकतामा भन्दा पनि गुणात्मकतामा ध्यान दिंंदै आएकी गायिका सुनिता दुलालले पछिल्लो समयमा दश लाख बढीको माया पाएकी छिन् । सुनिता लोक गायनको क्षेत्रमा ‘चुजी’ गायिकाको रुपमा चिनिन्छिन् । उनका प्राय गीत मौलिक हुन्छ । उनको मुखैमा चिनी बोलको गीतले युट्युवमा १० लाख भिउज क्रस गरेको छ ।

गीतमा सुनिता दुलालको साथमा युवा पुस्ताका लोकप्रिय गायक प्रकाश सपूतको स्वर रहेको छ । शब्द तथा लय पनि प्रकाश सपुतकै छ भने बिबि अनुरागीले संगीत दिएका छन् ।

गीतको भिडियोमा नायिका केकी अधिकारी र गम्भिर विष्टले अभिनय गरेका छन् । भिडियोमा गम्भिर विष्टको निर्देशन रहेको छ ।

गायिका दुलालले मौलिक लय र शब्द समेटेर मायाँ प्रेमको प्रस०गलाई गीतमा प्रस्तुत गरेको बताइन् ।

भड्किला गीत गाएर चर्चा कमाउनु भन्दा सन्देशमुलक थोरै गीत गाएर स्रोताको मन जित्नुपर्छ भन्ने मान्यताकी गायिका सुनिता दुलाल ‘नेपाल लोक स्टार’की निर्णायक समेत हुन् ।

सुनिताको नयाँ ‘झम्के फुली’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु