बैरागीलाई रंग पत्रकारिता र श्रेष्ठलाई लोकसंचारकर्मी सम्मान

म्यूजिक खबर
प्रकाशित: ३१ बैशाख २०७३, शुक्रबार

नेपाली गीत संगीत हाम्रो पहिचान, संचार संस्थाबाट कलाकार सम्मान हाम्रो अभियान भन्ने मूल नाराको साथ सुन्दरादेबी सन्देश साप्ताहिक नुवाकोटको आयोजनामा हुने दोस्रो सुन्दरादेबी सन्देश बागमती म्युजिक अवार्डको शुक्रबार बसेको बैठकले विभिन्न निर्णय गरेको छ ।

डेढ दशक अघिदेखि निरन्तर रुपमा सञ्चारमाध्यमको माध्यमबाट नेपाली सांगीतिक क्षेत्रको विकास, विस्तार र प्रबद्र्धनमा सहयोग पु¥याएको भन्दै म्युजिक खबर डट कमका प्रधानसम्पादक एवं अध्यक्ष सुमन बैरागीलाई सुन्दरादेवी रंग पत्रकारिता सम्मान प्रदान गर्ने अवार्ड आयोजक कमिटिले निर्णय गरेको छ । त्यस्तै लोक कला संस्कृतिलाई मोफसलमा रहेर योगदान दिएको भन्दै पत्रकार तथा गीतकार शिखरजंग श्रेष्ठलाई लोक संचारकर्मी सम्मान गर्ने अवार्डका अध्यक्ष किरण अधिकारीद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ । आगामी जेठ १३ गते नुवाकोटमा सम्पन्न हुन लागेको दोस्रो सुन्दरादेवी बाग्मती म्यूजिक अवार्डको अवसरमा बैरागी र श्रेष्ठलाई सम्मान गर्न लागिएको हो ।

suman bairagi_1
ऐतिहासिक नगरी नुवाकोटमा यहि जेठ १३ गते हुने अवार्ड कार्यक्रमलै भब्य अनि सभ्य रुपले सम्पन्न गर्न बिभिन्न उपसमिति पनि गठन गरिएको छ । जसमा सदस्य सचिव पंकज शर्माको संयोजकत्वमा मञ्च तथा हल ब्यवस्थापन समिति गठन गरिएको छ । उक्त कमिटिमा अर्जुन कोईराला, विश्वराम भण्डारी, प्रमिश भण्डारी रहेका छन् भने कार्यक्रम संयोजक अनिता अधिकारीको संयोजकत्वमा समिक्षा अधिकारी, प्रमिला रिजाल, कन्चन रिमाल र आरती पन्थ सदस्य रहेको कार्यक्रम ब्यबस्थापन समिति गठन गरिएको छ ।

त्यसैगरी कार्यसमिति सदस्य गीता अधिकारीको संयोजकत्वमा अथिति सत्कार समिति चयन गरिएको छ भने कार्यसमितिको सदस्य मनोज थापाको संयोजकत्वमा स्वस्तिका चिलुवाल, सुदिप रेग्मी सदस्य रहेको प्रचार प्रसार समिति गठन भएको छ । अर्का कार्यसमिति सदस्य प्रल्हाद केसीको संयोजकत्वमा सुयुनिक जिम्बा र बिष्णु क्षेत्री सदस्य रहेको सांस्कृतिक उपसमिति गठन गरिएको छ ।
यस अघि नै अवार्डलाई भब्य अनि सभ्य रुपमा सफल पार्न र मार्ग निर्देशन गर्नको लागि ५ सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएको छ । समितिमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सल्लाहकार वरिष्ठ लोक गायक तथा निर्देशक नारायण रायामाझी, प्रतिष्ठान नेपालका सल्लाहकार तथा एभरेस्ट नेपाल कल्चरल गु्रपको अध्यक्ष रामचन्द्र कोईराला, संरक्षक तथा वरिष्ठ लोक गायक दुर्गा रायामाझी, चलचित्र निर्माता तथा प्रदर्शक प्रदिप कुमार उदय, नेपाल चलचित्र निर्देशक समाजको उपाध्यक्ष सुमन दाहाल रहनु भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु