गायिका जुना र गीतकार सुमनको मौलिक तीज गीत ‘माइतीघरको’

म्यूजिक खबर
प्रकाशित: ६ भाद्र २०८०, बुधबार
Tanka Bahadur Pandit

काठमाडौं । लोकप्रिय गायिका जुना श्रीषको स्वरमा मौलिक तीज गीत ‘माइतीघरको’ सार्वजनिक भएको छ । गीतकार सुमन बैरागीको शब्द तथा संगीत सिर्जना रहेको गीत ‘माइतीघरको’ लाई मदन केसीले संगीत संयोजन गरेका छन् । मारुनी डिजिटलमा रेकर्ड भएको यो गीतलाई खुमन राना र सुमन रानाले रेकर्डिङ गरेका हुन् भने कुमार रानाले मिक्सिङ गरेका छन् । माइतीघर, बाआमा, दाजुभाइ र वरपरका खेतबारी, वनजंगल र मेलापातको सम्झना एवं एउटा महिलाको विभिन्न रुप भएर भोग्नुपरेको पीडालाई पनि गीतमा उतारिएको छ ।
गीतको म्यूजिक भिडियोलाई स्मृति तिमिल्सिनाले निर्देशन गरेकी हुन् । अस्मिता रानालाई फिचरिङ गरिएको गीतको भिडियोमा सरिता मगरको श्रृंगार एवं करण चैंसिरको छायाँकन रहेको छ । मनोज कार्कीको कलर एवं सम्पादन रकेको यो गीतको पोष्ट प्रोडक्सन गुरुआमा फिल्म्सले तयार पारेको हो । गीतको भिडियो गायिका जुना श्रीषको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु