डा. अधिकारी र बोगटी सर्वोत्कृष्ट गीतकार र संगीतकार बल्लभलाई लाइफटाइम एवं बैरागी र गजरकोटेलाई पुरस्कार

म्यूजिक खबर
प्रकाशित: १६ जेष्ठ २०७३, आईतवार

दोस्रो सुन्दरादेवी सन्देश बाग्मती म्यूजिक अवार्ड २०७३ मा गीतकार डा. नवि अधिकारी सर्वोत्कृष्ट गीतकार ठहरिए भने संगीतकार प्रल्हाद बोगटी सर्वोत्कृष्ट संगीतकार ठहरिए । डा.अधिकारीले सोचेभन्दा सुन्दर गीतबाट अवार्ड चुम्न सफल भएका हुन् भने संगीतकार बोगटीले जिन्दगीको छहारीमा बोलको गीतबाट अवार्ड चुमेका हुन् ।

suman bairagi-shakti ballv
त्यस्तै चार दशकदेखि नेपाली गीतसंगीतमा क्रियाशील वरिष्ठ संगीतकार शक्ति बल्लभलाई अवार्ड कार्यक्रमको बीचमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरियो । बल्लवलाई ११ हजार १ सय ११ राशिसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै डेढ दशकदेखि पत्रकारितामा सक्रिय रहँदै गीतसंगीतको विकास र विस्तारमा योगदान पु¥याएवापत म्यूजिक खबर डटकमका अध्यक्ष एवं प्रधानसम्पादक सुमन बैरागीलाई ‘सुन्दरादेवी संगीत पत्रकारिता पुरस्कार २०७३’बाट पुरस्कृत गरियो भने लामोसमयदेखि संचार क्षेत्रमा क्रियाशील रहँदै आएका हाम्रो भाका डटकमका शिखर गजरकोटेलाई ‘सुन्दरादेवी संचारकर्मी पुरस्कार २०७३’ बाट पुरस्कृत गरिएको छ ।

13318974_263947963956403_2037576133_n
संगीतका विभिन्न २० विधामा आयोजना गरिएको उक्त अवार्डमा आधुनिक गीततर्फ उनी र म बोलको गीतले तीन विधामा अवार्ड चुम्न सफल भयो । जसमा सर्वोत्कृष्ट गायक सञ्जीव प्रधान, सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक सुगम संगीत निर्मल शर्मा र सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल रजनी केसीले अवार्ड चुमेका थिए । त्यस्तै शर्मिला श्रेष्ठले सर्वोत्कृष्ट गायिका सुगम संगीतको अवार्ड चुम्न सफल भइन् भने उद्धव नेपालले सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडलको अवार्ड चुमे ।

13281766_263949033956296_661997552_n
त्यसैगरी लोकदोहोरी तर्फ पन्चेबाजाले सर्वोत्कृष्ट शब्द र सर्वोत्कृष्ट म्यूजिक भिडियोको अवार्ड चुम्न सफल भयो । सर्वोत्कृष्ट शब्द लोकदोहोरी उद्धव कार्की र सर्वोत्कृष्ट भिडियोको शिवपुरी म्यूजिकले अवार्ड चुमे । राम थापा शिशिरले सर्वोत्कृष्ट गायक लोकदोहोरीको अवार्ड चुम्न सफल भए भने उमा श्रेष्ठले सर्वोत्कृष्ट गायिका लोकदोहोरीको अवार्ड चुमिन् । लोकदोहोरी लयतर्फ भने माधव थापाले अवार्ड चुम्न सफल भए भने लोकदोहोरी म्यूजिक भिडियो निर्देशकको अवार्ड होम धितालले प्राप्त गरे । लोकदोहोरी तर्फ नै रश्मी तामाङ उत्कृष्ट मोडल महिला बन्न सफल भइन् भने सवास शर्माले उत्कृष्ट मोडल पुरुषको अवार्ड चुमे ।
त्यसैगरी सर्वोत्कृष्ट राष्ट्रिय भावको गीतको अवार्ड पुरुषोत्तम बस्नेतले चुमे भने इन्करेजमेन्ट अवार्ड मिराज कोइरालाले प्राप्त गरे । त्यस्तै जुरी अवार्ड अमृता लुंगेली मगरलाई प्रदान गरियो भने पब्लिक च्वाइस अवार्ड शोभा त्रिपाठीको हातमा प¥यो । अवार्डको जुरी संयोजकका रुपमा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय थिए भने जुरी सदस्यमा चर्चित युवा संगीतकार सन्तोष श्रेष्ठ रहेका थिए । अवार्ड कार्यक्रमको संचालन भने आवाजको दुनियाँको साथी दिनेश डिसीले संचालन गरेका थिए । चलचित्र निर्माता प्रदीप कुमार उदय, चलचित्र निर्देशक सुमन दाहाल, एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष आरसी कोइराला अवार्डको सल्लाहकार रहेका थिए । अवार्ड नुवाकोटको बटारस्थित कवड हलमा सम्पन्न भएको थियो ।
अवार्डमा सहभागी हुन निर्देशक उज्ज्वल घिमिरे, हाँस्यकलाकार जितु नेपाल, आरपी भट्टराईलगायतका चर्चित व्यक्तित्वहरु थिए । अवार्डमा सहभागी हुन राजधानीबाट पत्रकारहरु प्रदीप कार्की, सरोज प्याकुरेल, मणिराज गौतम, नेमिष गौतम, विशाल राई, राधिका अधिकारी, जीवन पराजुली, गीता अधिकारी, स्वस्तिका चिलुवाल, सुरेश बाबु डिसीलगायतको जम्बो टोली नुवाकोटको बटार पुगेका थिए ।

अवार्डलाई सम्बोधन गर्दै अवार्डका अध्यक्ष किरण अधिकारीले बाग्तमी क्षेत्रलाई केन्द्रित गर्दै अवार्डको आयोजना गरिएको र गत वर्ष लोकदोहोरी मात्र भए पनि यसवर्षका संगीतको विधालाई फराकिलो पार्दै अगाडि बढेको बताए । अर्कोवर्षबाट राष्ट्रियस्तरमा नै अवार्ड गर्ने सोचमा पुगेको बताउँदै अधिकारीले मोफसलमा रहेर कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल बनाइदिनुहुने सबैलाई आभार प्रकट गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु