• सञ्चारकर्मी सुमनको रचनामा ‘लुकीछिपी’

    म्यूजिक खबर
    प्रकाशित: ८ आश्विन २०७९, शनिबार

    काठमाडौं । सन्चारकर्मी सुमन गैरेको रचनामा प्रविशा अधिकारी र सुमन केसीको स्वर रहेको गीत ‘लुकीछिपी’को भिडियो सार्वजनिक भएको छ । सरोज पोखरेलको संगीत रहेको गीतमा प्रेमिल जोडीको भावना पोखिएको छ।

    प्रकाश धितालको निर्देशनमा बनेको यस म्युजिक भिडियोमा उमेश भट्ट र आलिशा बास्तोलाको अभिनय रहेको छ । गहिरो प्रेममा रहेका जोडीले आफ्ना भावना पोखेको यस गीतको छायांकन चितवनमा गरिएको हो।

    उत्सव दाहालले छायांकन गरेको यस भिडियोका सम्पादक बिकास दाहाल हुन् भने एशोसियट निर्देशक माधव शर्मा हुन् । प्रेम रसाईलीको कोरियोग्राफी, अशिम रानाभाटको कस्ट्युम डिजाईन तथा दिपेन गौतम ‘माईकल’को प्रडक्शन डिजाईन रहेको यस गीतलाई गायक केसी र गीतकार गैरेले निर्माण गरेका हुन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु