देशभक्ति गीत ‘म कदापी चाहन्न’ मा राष्ट्र गायक सुमितको स्वर

म्यूजिक खबर
प्रकाशित: २३ पुष २०७७, बिहीबार

काठमाडौं । राष्ट्र गायकका रुपमा ख्याती कमाएका गायक सुमित खड्काको स्वरमा ‘म कदापी चाहन्न’ बोलको देशभक्ति गीत सार्वजनिक भएको छ । गीतमा संगीत शक्ति बल्लभको रहेको छ भने गीतमा शव्द रचना लक्ष्मण राईले गरेका हुन् ।
निरज श्रेष्ठले एरेन्ज गरेको गीतलाई भोला पौडेलले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।

आयुष घले मगरले निर्देशन गरेको भिडियोमा युवाहरुलाई एक जुट भएर आत्मनिर्भर बन्न र देश समृद्ध बनाउन आग्रह गरिएको छ । भिडियो छायांकन र सम्पादन पनि आयुष घले नै गरेका हुन् । भिडियोमा दिपक भण्डारी , नुरज ठकुरी र प्रदिप थापालेले अभिनय गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु