सुमिता राईको ‘सगुन’ सार्वजनिक (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २ भाद्र २०७६, सोमबार

काठमाडौं । गायिका सुमिता राईको एकल एल्बम ‘सगुन’ सार्वजनिक भएको छ । बरिष्ठ निर्देशक प्रकाश सायमी प्रमुख अतिथि तथा शिला बहादुर मोक्तान र कुन्ती मोक्तान बिशेस अतिथ्यतामा राजधानीमा एक कार्यक्रमबीच एल्बम सार्वजनिक गरिएको हो ।

उक्त एल्बममा रहेका गीतमा मुकेश राई, प्रतिक चामलिङ, निर्मल परिबेश राई र कुमार बिबाहितको शब्द, बिक्रम राई, मन थुलुङ राई, पुजन लोहगन, कुमार बिबाहित र शिलाबहादुर मोक्ताको सङ्गीत तथा संजय हमाल, शिलाबहादुर मोक्तान, रिदन कंडेल, फणिन्द्र राई, हरि लम्शाल र पुरुसोत्तम सुबेदीको एरेञ्ज रहेको छ । उक्त गीतको भिडियोलाई गोबिन्द राईले निर्देशन गरेका हुन् भने गीतको भिडियोमा गायिका सुमिता राई र खरुन राई अभिनय रहेको छ । दिपेन्द्र बस्न्यातको छायांकन र सम्पादन रहेको छ भने उमिशा पाण्डेको मेकअप, रहेको छ । गीतको भिडियोलाई खरुन राईले निर्माण गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु