• सुन्दर परियारको आवाजमा “मेरो माया गयौ लत्याई” सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: १० भाद्र २०७७, बुधबार

    काठमाण्डौँ ।

    गायक सुन्दर परियार र गायिका नानु माया को आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ” मेरो माया गयौ लत्याएर ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

    मायालु जोडि विचको विछोडबाट सिर्जना भएको पिडालाई गीतमा समेटिएको छ । सुन्दर परियार र नानु मायाको शब्द सिर्जना तथा सुन्दर परियारको लय सिर्जना गीतमा रहेको छ । मायामा घात हुर्दाको वियोगको पिडालाई भुल्न नसकेको कुरा गीतमा गायिकाले गरेकी छन ।

    गजन विश्वकर्माको छायाँकन , विरेन्द्र भटट विपिनको सम्पादन तथा जगन विश्वकर्माको निर्देशन भिडियोमा रहेको छ । मेरो माया गयौ लत्याए गीतको भिडियोमा सुन्दर परियार र सम्झना कडेँलको अभिनय रहेको छ ।

    “मेरो माया गयौ लत्याए “गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु