लोकपप छाडेर कौरा गीततर्फ सुनिल गिरी

म्यूजिक खबर
प्रकाशित: २६ कार्तिक २०७६, मंगलवार

काठमाडौं । लोकपपमा जमेका गायक सुनिल गिरीले यतिखेर भने कौरा गीत लिएर आएका छन् । आफूलाई लोकपप गायनमा स्थापित गराएका गायक सुनिल गिरीले कौरा गीत ‘जाम क्यारे माया’ ल्याएका हुन् । गिरीले आफ्नै यूट्युब च्यानलमार्फत सार्वजनिक गरेको गीतमा मेलिना राईको पनि स्वर रहेको छ ।
गीतको शब्द तथा संकलन पनि गिरी स्वयंले नै गरेका हुन् । गीतको भिडियोमा सुनिल गिरी र उर्मिला गुरुङको मुख्य अभिनय रहेको छ ।

 

मनाङ गुरुङले कोरियोग्राफी गरेको भिडियोलाई हरि श्रेष्ठ र उज्वल सापकोटाले खिचेका हुन् । यस कौरा गीतमा मादल तथा खैंजडी खडक दाइको रहेको छ । श्यामश्वेत रसाइलीले एरेन्ज गरेको गीतलाई प्रिज्म स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु