सुनिलको ‘ल्याङल्याङ’ पछि ‘आँपे’ ! हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: २८ पुष २०७५, शनिबार

गायक तथा संगीतकार सुनिल पाण्डेको नयाँ गीत सार्वजनिक भएको छ । सुनिलकै शब्द, संगीत र स्वरमा तयार भएको लोक कमेडी शैलीको ‘आँपे’ बोलको गीत निकै रमाईलो छ । प्रस्तुत गीतलाई अमृत ल्वागुनले एरेन्ज गरेका हुन् । दिपेन्द्र तिमल्सीनाको निर्देशनमा तयार भएको भिडियोमा सुजन श्रेष्ठ, हेरुका लामा, निशा लामा,  नवराज भट्टराई लगायत कलाकारले अभिनय गरेका छन् ।

भिडियोमा गायक सुनिल पनि चित्रित छन् । प्रेम लामा र राज सिग्देलले छायाङ्कन गरेको ‘आँपे’ गीतलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । यसअघि चलचित्र रोमियोमा समावेश ‘ल्याङल्याङ’ गीतबाट सफलता पाइसकेका सुनिल यस गीतलाई पनि दर्शकले रुचाउने कुरामा विश्वस्त छन् । उनी भन्छन्, “लोकलय मनपराउने ट्रेन्ड चलेका बेला यो गीत पनि दर्शकका लागी नौलो स्वाद हुन सक्छ ।” सुनिल मकवानपुरमा रहेर संगीतसाधना गरिरहेका छन् । आफैले संगीत गरेको गीत गाउन रचाउने उनको स्वर अन्य थुप्रै चलचित्रका गीतमा समावेश छन् ।

हेर्नुहोस् भिडियो !

 

गायिका सिर्जनाको ‘कान्छा’ बन्दै विप्लव !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु