• ‘गाउँले’ गायक सुनिल थापा (भिडियो हेर्नुस्)

    म्यूजिक खबर
    प्रकाशित: २१ फाल्गुन २०७६, बुधबार

    काठमाडौं । गायक सुनिल थापा ‘गाउँले’ का परिचय बोकेर आएका छन् । चर्चित लोकदोहोरी गायक थापाले नेपाली मौलिक भाकामा ‘गाउँले’ गीत बजारमा ल्याएका छन् । सुनिल थापा र चर्चित गायिका शान्ती श्री परियारको आवाजमा ‘गाउँले’ गीत बजारमा आएको हो ।
    गाँउले जीवनमा आधारित गीत लागि शब्द सपना रसाइलीले लेखेकी हुन् भने संगीत र एरेन्ज हेमन्त कान्छा रसाइलीले तयार पारेका हुन् । गीतलाई बिसौनी क्रियसनको आधिकारिक युट्युब च्यानलमार्फत बजारमा ल्याएईको हो ।
    गीतमा शहरमा भन्दै आईएको ड्याडी मम्मी र आईसियोस गैसियोस जस्ता शब्दको सट्टा गाँउले भाषा र शब्दलाई प्रयोग गर्ने कुरालाई बिषेश जोड दिईएको छ । गीतमा गाँउले भोषा बोल्दा आफुहरुलाई निकै रमाईलो हुने कुरा जोड दिईएको छ । गाँउलेलाई शहर बजारमा होच्चाएर पाखे जस्ता शब्द प्रयोग गर्ने गरेको उल्लेख गर्दै त्यस्ता शब्दले गाँउलेहरुलाई कुनै नराम्रो नलाग्ने उल्लेख गरिएको छ ।

    म्यूजिक भिडियोमा हेमन्त कान्छा रसाइली, उमेश राई (फुलन्देईकी आमा), रुपा सुनार लगायतले अभिनय गरेका छन् । यो गीतको भिडियोलाई उदिराम खड्का र बिन्दु खड्काले निर्देशन गरेका छन् । भिडियोको छायाङ्कन सुरज खनाल, विक्रम काउछा तथा सम्पादन नविन घर्ती मगरले गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु