‘चुरा टिकी लाली’मा सजिएर आइन् सुनिता दुलाल

म्यूजिक खबर
प्रकाशित: १८ श्रावण २०७६, शनिबार
Sunita Dulal

काठमाडौं । लोकप्रिय गायिका सुनिता दुलाल यतिखेर ‘चुरा टिकी लाली’ लाएर सजिएकी छन् । गायिका दुलालको नाम लिने वित्तिकै तिज गीतमा नयाँ शैली भित्रिन्छ भन्ने सोच हुन्छ त्यही अनुसार यसपाली गायिका दुलाल अलि फरक नै भएर तिजमा आएकी छन् । प्राय महेश खड्काकै संगीतमा उनी गीत गाउने गरेकी हुन्छिन् । यसपाली पनि संगीतकार खड्काको संगीत उनलाई फापेको छ । गीतकार डा.कृष्णहरि बरालको शब्दमा ‘चुरा टिकी लाली’ लाउने कोशिस गरेकी गायिका दुलालको गीत सार्वजनिक भएलगत्तकै चर्चा पनि पाइरहेको छ ।

‘चुरा टिकी लाली ’ गीत सुनिता दुलाल युट्युब च्यानबाट सार्वजनिक भएको हो । यस गीतको भिडियोको कोरीयोग्राफि तथा भिडियो निर्देशन शिव विकले गरेका छन् । भिडियोमा गायिका सुनिता दुलाल र रुवी लामाको अभिनय रहेको छ । भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

गायिका दुलालको तिज भनेकै नाच्न गाउन हो, फूल बुट्टे सारी, यसपाली नि खाने दर, अब त मैले नि झुम्का लगाउँछु लगायतका गीत चर्चाको शिखरमा छन् । यी गीतहरुजस्तै यसपालीको गीत ‘चुरा टिकी लाली’ पनि चर्चा कमाउने विश्वास लिइएको छ ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु