सुनिता र प्रकाशको ‘मुखैमा चिनी’ ! केकी र गम्भीरको उत्कृष्ट नृत्य !

म्यूजिक खबर
प्रकाशित: १३ फाल्गुन २०७५, सोमबार

काठमाडौं । लोकप्रिय गायिका सुनिता दुलालको नयाँ गीत ‘मुखैमा चिनी’ सार्वजनिक भएको छ । राजधानीको एक समारोहमा सार्वजनिक गरिएको गीतमा सुनिता दुलाल र प्रकाश सपूतको स्वर रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथी रहेका बरिष्ठ संगीतकार दिपक जंगमले गीतको भिडियोलाई सार्वजनिक गरेका हुन् ।

‘मुखैमा चिनी’ मा शब्द तथा लय पनि प्रकाश सपुतको छ । बिबि अनुरागीले संगीत संयोजन गरेका छन् ।

मुखैमा चिनी आम श्रोताको मुखमा झुन्डिने किसीमको छ । गीत जति उत्कृष्ट छ भिडियो पनि उतिकै उत्कृष्ट रहेको छ । भिडियोमा चर्चित नायिका केकी अधिकारी र गम्भिर विष्टले नृत्य गरेका छन् । भिडियो निर्देशन गम्भिर विष्टले नै गरेका छन् ।
मौलिक लय र शब्दमा मायाँ प्रेमको विषयलाई गीतमा उठान गरिएको छ ।


“मौलिक लय र शब्दसहितको गीत स्रोता तथा दर्शकमाझ ल्याउँदै आएको आएको छु,” उनले भनिन्, “आफ्नै परिवेशलाई समेटेर मौलिक गीत यो पटक पनि लिएर आएकी छु ।”

गायक प्रकाश सपुतले स्वागत मन्तव्य राखेका थिए मन्तव्यका क्रममा प्रकाशले आफुलाई सुनिता दुलाल जस्तो व्यक्तित्वसँग काम गर्ने रहर भएको र आफैंले प्रस्ताव राखेको बताएका थिए । हामीले गीतमा सहयकार्य मात्र होइन धेरै मेहनत पनि गरेका छौं त्यसैले गीतलाई सबैले रुचाइदिनुहुने भन्ने विश्वास गरेका छौं– उनले भने ।

सोहि समारोहमा गायिका सुनिताले यातायातको संङ्गीत रोयल्टी संकलनलाई ब्यबस्थित गर्ने अभियानमा रोयल्टी संकलन समाज नेपालका उपाध्यक्ष सुवास रेग्मीलाई कम्प्युटर हस्तान्तरण गरेकी थिइन् ।

ध्रुवराज खड्का र तिर्थकुमारी थापाले गाएको पुरानो एवं लोकप्रिय लोकगीत ‘‘झम्के फूली नाकैमा बुलाकी’ लाई युवापुस्ता माझ चिनाउन भन्दै गायिका सुनिता दुलाल र घमेश दुलालले केहि वर्ष अघि रिमेक गरेका थिए । सुनिताका अनुसार गीतको मर्म र स्रष्टालाई जिवन्त राख्न धु्रवराजको पनि गीतमा स्वर राखिएको थियो । सोहि गीतको रोयल्टी भन्दै २५ हजार नगद समेत सुनिताले गायक धु्रुुवराजलाई प्रदान गरेकी थिइन् ।

सुनिताको  ‘झम्के फुली’ सार्वजनिक

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु