
काठमाडौँ । लोकप्रिय गायिका सुनितामी परियारको पछिल्लो गीत ‘लाजको पर्दा’लाई दर्शकले मन पराएका छन् । गीतमा सुनितामी र खेम सेन्चुरीको आवाज रहेको छ । शब्द विमल कौशलको, संगीत हाकिम सुनार र एरेन्ज विमल छिनालको रहेको छ ।
२२ मेमा उनले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको गीतको म्युजिक भिडियो यो समाचार तयार पारिरहँदा मिलियन भ्युजको संघारमा रहेको छ । गीतलाई ९ लाख ९० हजार बढी दर्शकले हेरिसकेका छन् । गीत अहिले संगीत तर्फबाट युट्युब ट्रेण्डिङको २० नं. सुचीमा रहेको छ । टिकटकमा पनि राम्रो चर्चा कमाउन सफल भएको छ ।
गीतको भिडियो पनि सुन्दर बनेको छ । विक्रम चौहानको निर्देशन रहेको भिडियोमा कलाकार पल शाह र जुना विश्वकर्माले अभिनय गरेका छन् । भिडियोलाई करण चैसिरको छायांकन तथा लक्ष्मण चौहानले सम्पादन गरेका हुन् ।