उत्कृष्ट स्वर, शब्द र संगीतको संयोजन भएको गीत ‘नौ डाँडा पारी’

म्यूजिक खबर
प्रकाशित: २० कार्तिक २०७७, बिहीबार

काठमाडौं । अढाई दशकदेखी नेपाली सांगीतिक क्षेत्रमा निरन्तर लागिरहेका गायक सुरज कुमार थापाले ‘नौ डाँडा पारी’ बोलको गीतकोे भिडियो सार्वजनिक गरेका छन् । वरिष्ठ गीतकार तथा कवि मंजुलको शब्द र अग्रज सर्जक बिनोद स्याङदेनको संगीत रहेको यस म्युजिक भिडियोको गीतमा गायन तथा संगीत संयोजन सुरज कुमार थापाको आफ्नै रहेको छ ।

म्युजिक भिडियोमा गायक सुरजकुमार थापा र देवकी बोहराको अभिनय, फोटोग्राफी निर्देशनमा सरन महर्जन, धमेन महर्जनको छायांकन, निरू बस्नेतको मेकअप, शिबु श्रेष्ठको सम्पादन तथा सन्तोष बस्नेतको परिकल्पना र निर्देशन रहको छ । गायक सुरज कुमार थापा र देवकी बोहोराले यसै म्युजिक भिडियो मार्फत अभिनयमा डेब्यु पनि गरेका छन् ।

‘पश्चिम कोही पूर्व घर’ ‘यस पालि त जन्ते बाख्रो खान पाइने भो’ ‘गहिरो घाउ’, ‘भो माया अब लाउँदिन’ र ‘नाम बिना’ लगायतका ख्याति प्राप्त गीतहरुमा गायक सुरज कुमार थापाको स्वर सुन्न सकिन्छ । उनले हालसम्म ‘चिनारी’, ‘क्यानभास’, र ‘परिभाषा’ गरी ३ वटा एकल एल्बम सार्वजनिक गरेका छन् । ‘नौ डाँडापारी’ गीत पनि उनको ‘चिनारी’ एल्बममा समाहित भएको एक गीत हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु