सुरजको ‘सान्नानी‘ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ९ भाद्र २०७६, सोमबार

काठमाडौं । गायक सुरज पौडेलको स्वरमा रहेको ‘सान्नानी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा सबिना केसीको शब्द रहेको छ भने विकास चौधरीको सङ्गीत रहेको छ । उक्त गीतमा बिनोद भुजेलले एरेञ्ज गरेका हुन् । सुरज पौडेलको पहिलो एकल एल्बम ‘मनको खुसी ‘ को ५औ गीत ‘सान्नानी’को भिडियो हो ।

‘सान्नानी’ बोलको गीतको भिडियोलाई कुमार आचार्यले निर्देशन गरेका हुन् भने उक्त गीतको भिडियोमा केवल भुजेल, प्रतिक्षा खड्का, चण्डेश्वरी कपाली र आयुष्मा खड्काको अभिनय रहेको छ । सार्वजनिक गीतमा रामेश्वर हुमागाईंको छायाँकन, हरिष खनालको कोरियोग्राफी रहेको गीतको भिडियोमा साहिल खानको सम्पादन रहेको छ भने मनिष गौतमको कलर रहेको छ । उक्त गीतको भिडियोलाई सिनेमा टिभी मार्फत सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु