• ‘के लेखुँ शब्दमा’ भन्दै निराजन र आज्ञाको रोमान्स

    म्यूजिक खवर
    प्रकाशित: १९ चैत्र २०७७, बिहीबार

    काठमाडौं । गायक सुरज शाही ठकुरीको संगीत तथा स्वर रहेको गीत ‘के लेखुँ शब्दमा’ को भिडियो सार्वजनिक भएको छ । गीतमा जंगबहादुर शाही र अमृत घोले लामाको शब्द छ ।

    आफ्नो प्रेमिकालाई माया भावले वर्णन गर्ने गीतको भिडियामा निराजन प्रधान र नयाँ अनुहार आज्ञा कारन्जित फिचर्ड छन् । पछिल्लो समय अभिनेता अनमोल केसीसंग फिल्म ’पारस’ मा अभिनय गर्ने चर्चामा रहेकी आज्ञाको यो डेब्यू गीत हो ।

    एजीएल इन्टरटेनमेन्टकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा शान थापाको निर्देशन छ । भिडियोमा राजीव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ । भिडियोमा अमृत घोले लामाको निर्माण छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु