प्रेम अभिव्यक्त गर्न नसकेपछि ‘निशब्द’ रमेश, सुरक्षा र आकाश

म्यूजिक खबर
प्रकाशित: २५ चैत्र २०७८, शुक्रबार

काठमाडौं । भ्वाइस अफ नेपालको मञ्चबाट परिचित गायिका सुरक्षा सेन्चुरीको सुमधुर स्वरमा सजिएको गीत ‘निशब्द’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गीतमा एकै नजरमा मन परेको व्यक्तिसँग बोल्न र आफ्ना मनको भावना प्रकट गर्न नसक्दाको परिस्थितिलाई वर्णन गरिएको छ। गीतलाई चर्चित गीतकार रमेश दाहालले लेखेका हुन् । संगीतकार टिका दाहालले संगीतवद्ध गरेका हुन् ।

राहुल प्रधानको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा स्वयम् गायिका सुरक्षा सेन्चुरी र अभिनेता आकाश श्रेष्ठ फिचर्ड छन् । बुद्ध थापाले छायाँकन गरेका भिडियोमा बिकाश धमलाको सम्पादन रहेको छ ।

निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । गायिका सेन्चुरीको युट्युव च्यानलमार्फत् भिडियो सार्वजनिक गरिएको हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु