• झूक्याइन् शालिन छवीकी सुरक्षाले, बहावमा १८ सेकेण्ड लामो किस सिन

    म्यूजिक खबर
    प्रकाशित: २३ चैत्र २०७९, बिहीबार

    काठमाडौं । भोली शुक्रबारबाट रिलिज हुने फिल्म ‘बहाव’ले बुधबार साँझ राजधानीमा प्रिमियर ग¥यो । प्रिमियरमा राम्रो प्रतिक्रिया बटुल्न सफल उक्त फिल्ब भोलिबाट हलहरुमा प्रदर्शन हुँदैछ ।

    अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको छ । सुरक्षा जबरजस्त अभिनय र शालिन व्यक्तित्व भएकी अभिनेत्रीका रुपमा परिचित छिन् । तर यस फिल्ममा सुरक्षाले दिएको बोल्ड सिन दिएर दर्शकलाई झूक्याएकी छिन् ।
    फिल्म सुरु भएको केही मिनेटमै सुरक्षा पन्त र पवन श्रेष्ठको झण्डै १८ सेकेण्ड लामो किस सिन आउँछ ।

    प्रमोद कँडेल निर्देशित चलचित्रको हिजो पहिलो प्रिमियर गरिएको थियो । जसमा कलाकारदेखि पत्रकार र राजनीतिकर्मीदेखि विद्यार्थीसम्म उपस्थित थिए । चलचित्र सुरु हुनासाथ किस सिन आएपछि हलभित्र खल्बली उत्पन्न भयो । प्रेमीसँग सुरक्षाको करिब १८ सेकेन्ड लामो ‘टङ किस’ देखाइँदा दर्शकले हुटिङ गरेका थिए ।

    यो उनको मात्र नभएर नेपाली चलचित्रमा अहिलेसम्मकै लामो टङ किस हुन सक्ने निर्माण पक्षको बुझाई छ ।

    चलचित्रमा किस सिन आउँदा होहल्ला भएपछि उनले लाजले मुख छोपेकी थिइन् । उनलाई फिल्म सकिएपछि पत्रकारले यो विषयमा प्रश्न सोध्लान् भन्ने डर थियो । तर, कसैले पनि सोधेनन् ।

    स्रोतका अनुसार फिल्म सुटिङअघि वर्कसप राख्दा यो दृश्यबारे सुरक्षालाई जानकारी दिइएको थियो । उनले सुरुमा आनाकानी गरेकी थिइन् । तर कथाको उठान नै यहाँबाट हुने भएकाले यो निकै महत्वपूर्ण रहेको बताइएपछि उनी कन्भिन्स्ड भइन् ।

    यो दृश्य सुटिङ गर्न पनि सहज भएन । प्रेमीको भूमिकामा रहेका कलाकार नयाँ भएकाले उनी झनै नर्भस थिए । एक टेकमै ओके गर्ने पूर्वसमझदारी भएर सुटिङ गरिएको निर्माण स्रोतले बतायो ।

    ‘चलचित्रका निर्देशक कँडेल कथाको मागअनुसार यो दृश्य खिचिएको बताउँछन् । चलचित्रमा सुरक्षालाई बोल्ड अवतारमा पेश गरिएको हुँदा उनको चरित्र स्थापित गर्न यो दृश्य जरुरी रहेको कँडेलको भनाइ छ ।

    स्रोतका अनुसार यो दृश्यले सेन्सर बोर्डलाई पनि सोच्न बाध्य बनाएको थियो । बोर्डका पदाधिकारीहरु चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिने कि पीजी (प्यारेन्ट्स गाइडेन्स) सर्टिफिकेट दिने भन्नेमा दोधारमा परेका थिए । यस विषयमा उनीहरुले चलचित्रका निर्माता र निर्देशकलाई पनि छलफलमा डाकेको बुझिएको छ । छलफलमा उनीहरुलाई किस सिन अत्यावश्यक हुनुको कारण सोधेका थिए । निर्देशक कँडेलले ब्रिफिङ गरेपछि उनीहरु कन्भिस्ड भए । पारिवारिक कथामा आधारित चलचित्र भएकाले युनिभर्सल सर्टिफिकेट नै दिइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु