सुर्य चन्दद्वारा सेभेन थर्टिन युनिसेक्स हेयर सलोनको शुभारम्भ

म्यूजिक खबर
प्रकाशित: १६ माघ २०७६, बिहीबार

काठमाडौं, माघ १६ । काठमाडौंको ताहाचलमा सेभेन थर्टिन युनिसेक्स हेयर सलोनको शुभारम्भ गरिएको छ । सञ्चारकर्मी, कलाकार, निर्देशक तथा इभेन्ट अर्गनाइजर सूर्य चन्दको प्रमुख आतिथ्यतामा बिहिबार अत्याधुनिक तथा सम्पूर्ण सेवा सुबिधा सम्पन्न यो पार्लरको रिवन तथा केक काटि शुभारम्भ गरिएको हो ।

यस पार्लरमा अनुभबी सौन्दर्यबिदद्वारा सेवा सुविधा उपलब्ध गराइने सञ्चालकद्वय दीपक खड्का र धिरज राईले जानकारी गराए । उक्त क्षेत्रको एक मात्र अत्याधुनिक पार्लर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि एकमात्र भरपर्दो गन्तव्य रहेको छ । अन्तराष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सम्पूर्ण सुबिधा सम्पन्न भएको सलोन जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सेवाग्राहीले सेवा लिन पाउनेछन् । महिला तथा पुरुष ग्राहकहरुको लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै आएको यस सलोन सेभेन थर्टिन युनिसेक्स हेयर सलोनको दोश्रो शाखा हो । शुभारम्भमा प्रमुख अथिति सूर्य चन्द र अतिथि इन्द्र महतले बधाई तथा शुभकामाना दिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु