• सुर्य चन्दको निर्देशनमा “दैब कसम कोरोनाको” सार्बजनिक (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: २४ जेष्ठ २०७७, शनिबार

    काठमाडौँ – बरिष्ट समाजसेवी रन्जना दाहालको आवाजमा संदेशमुलक गित “दैब कसम कोरोनाको” म्युजिक भिडियो सार्बजनिक छ । स्वर तथा शब्द रन्जना दाहालको रहेको गीतमा शिशिर भण्डारीको लय संगीत र कुशल सिंहको एरेन्ज रहेको छ । फोटो फिरिममाको लयमा बरिष्ट समाजसेवी रन्जना दाहाल समसामाहिक बिषय बस्तु तथा कोरोना भाईरसको बिरुद्ध मानब र मानबियताको लागि जनचेतना मुलक गीतको म्युजिक भिडियो लिएर आएकी हुन् ।

    संचारकर्मी कलाकार तथा निर्देशक सुर्य चन्दले निर्देशन गरेको म्युजिक भिडियोलाइ महेश श्रेष्ठ र पशुपति श्रेष्ठले छायांकन तथा सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा रन्जना दाहाल, गोबिन्द दाहाल, डेनिशा दाहाल, रमला शर्मा र देबी पन्तलाइ फिचर्ड गरिएको छ । कोभिड-१९ ले गर्दा लाखौं नेपालीहरु भोक भोकै मर्ने अबस्था आएकोले गर्दा मानबसेवा नै सबै भन्दा ठुलो धर्म भएको र सेवाभाबमा समर्पित भई एकजुट भएर अगाडि बढ्न उनले सार्बजनिक भिडियो मार्फत अनुरोध गरेकी छिन । भिडियो हेर्नुहोस :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु