द भ्वाइस अफ नेपालको पहिलो सिजनबाट चर्चामा आएका सुशीलको स्वरमा ‘पहिलो यो माया’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १२ भाद्र २०७६, बिहीबार

काठमाडौं । द भ्वाइस अफ नेपालको पहिलो सिजनबाट निकै चर्चामा आएका गायक सुशील गर्तौलाको स्वरमा रहेको ‘पहिलो यो माया’ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुशीलको स्वरमा रेकर्ड भएको यो पहिलो गीत हो । उक्त गीतमा धनबहादुर गोपली र श्री केसीको शब्द तथा संगीत रहेको छ । सुगम संगीतमा उनको स्वर निकै राम्रो भएको धेरैको प्रतिक्रिया थियो । द भ्वाइसको अडिसनमा पनि सुशीलले यसै गीतको केही अंश गाएका थिए ।

सोही गीतको भिडियोलाई प्रकाश धितालले निर्देशक गरेका हुन र निर्देशनमा निकै मेहनत गरेको देखिन्छ । उक्त गीतको भिडियोमा शेखर सुवेदी र समीक्षा पोखरेल अभिनय रहेको छ । सा्ही गीतलाईउत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् भने नृत्य निर्देशन सन्तोष राजबाहकको रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु