• पंगेनीको निर्देशनमा यस्तो मायामा गजित र अञ्जली

    म्यूजिक खबर
    प्रकाशित: २ फाल्गुन २०७६, शुक्रबार
    Gajit Bista

    काठमाडौं । भ्यालेन्टाइन्स डेको अबसर पारेर ‘यस्तो माया’ बोलको गीतको भिडियो सार्वजनीक गरिएको छ । भुवन अधिकारीको स्वर, प्रकाश स्पर्शको शब्द र मुस्कान बलम्पाखीको संगीत रहेको गीतको भिडियो सुशील पंगेनीले निर्देशन गरेका हुन् ।

    फिल्म निर्देशनको तयारीमा रहेका स्क्रिप्ट राइटर पंगेनीले पहिलोपटक म्युजीक भिडियो निर्देशन गरेका हुन् । भिडियोमा अभिनेता गजित बिष्ट र मोडल अञ्जली अधिकारी फिचर छन् । सुमनकुमार तण्डुकारले खिचेको भिडियोको सम्पादन नवीन निरौलाले गरेका हुन् । गीतमा पति पत्नीबीचको प्रेम र सम्पर्णभाव प्रस्तुत गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु