
काठमाडौं । उपत्यका बाहिर रहेर लामो समयदेखि नेपाली सञ्चार क्षेत्रमा क्रियाशील सञ्चारकर्मी शुशिला पोख्रेल चौलागाईले पहिलो लोकदोहोरी गीत ‘जून तारालाई हेर्छु’ गीतको भिडियो सार्वजनिक गरेकी छन् । रौतहटमा रहेर लामो समयदेखि संचारकर्ममा रहेकी पोखरेल यतिबेला भने गायिकाको रुपमा सार्वजनिक भएकी हुन् ।
माया प्रेमको भावनात्मक सम्बन्धको बारेमा गीतमा दोहोरो सम्बाद रहेको उक्त गीतमा स्वर सुशिला पोख्रेल चौलागाई र हिमाल सापकोटाको रहेको छ ।
शालिकराम भण्डारीको शब्द, यज्ञ सापकोटाको लय रहेको उक्त गीतको संगीत संयोजन महेश विक्रम पाण्डेले गरेका हुन् ।
यस गीतको म्यूजिक भिडियोमा प्रेम खड्का, कविता गौतम र अनिस लामिछानेको अभिनय रहेको गीतको म्युजिक भिडियोको निर्देशन मदन खड्काले गरेका हुन् । टंक केसीको क्यामेरा रहेको सो गीतको म्युजिक भिडियो सम्पादन अमृत चापागाईले गरेका हुन् ।
गायिका चौलागाई विगत लामो समयदेखि रेडियो चन्द्रपुर तथा गुन्जन एफएममा कार्यक्रम प्रस्तोताको रुपमा कार्यरत छिन् ।