• नेपाल चीन बिच सम्बन्ध अझै प्रगाढ भएको छ: राज्यमन्त्री श्रीपाली

    म्यूजिक खबर
    प्रकाशित: १० असार २०८०, आईतवार

    गोपी ज्ञवाली, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशिला श्रीपाली ठकुरीले नेपाल र चीन विच सांस्कृतिक तथा पर्यटनको क्षेत्रमा सम्बन्ध अझै विस्तार भएको बताएकी छिन् । राज्यमन्त्री श्रीपालीले शनिबार पोखरामा भएको दुई दिवसीय नेपाल चीन फ्रेन्डशिप ड्रागन बोट रेस फेस्टिबल कार्यक्रमले दुई देशको सम्बन्ध अझ प्रगाढ भएको बताएकी हुन् । नेपाल सरकारको पर्यटन बोर्ड र चीनीयाँ राजदुतावासको संयुक्त आयोजनामा पोखरामा नेपाल चीन मैत्रिपुर्ण ड्रागन ढुंगा प्रतिस्प्रधा पर्वको आयोजना गरिएको थियो ।
    यो कार्यक्रमको आयोजनाका लागि चीनबाट पोखरा अन्तर्राष्ट्रिय विमान स्थलमा असार ६ गते छुट्टै विमान अवतरण गरेको थियो । शनिबार भएको समापन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री श्रीपाली, नेपालका लागि चीनका राजदुत चेन सोंग सहित १५० भन्दा बडि चीनीयाँ प्रतिस्पर्धी खेलाडी र अन्य कुटनितिज्ञहरुको समेत उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु