नारायण थापाको ‘दिलमा आगो’ सार्वजनिक (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २८ श्रावण २०७६, मंगलवार

नेपाली सांगितीक क्षेत्रमा ‘गीतसंगीतलाई मनैदेखी माया गर्ने एउटा मनुवा’ को नामले चिरपरिचित गायक नारायण थापाको निकै मर्मस्पर्शी गीत ‘दिलमा आगो’ सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा त्रिकोणात्मक प्रेम दर्शाईएको छ । गायक थापाद्वारा सार्वजनिक गीतले युट्युबमा छोटो अवधिमा नै निकै लोकप्रियता हासिल गरिरहेको छ । निकै नै मार्मिक शब्द र संगीत रहेको गीतको भिडियोमा लोक मिश्र, सुस्मिता अधिकारी र अनुज शर्माको अभिनय रहेको छ ।

भिडियोको निर्देशन सुवास प्रधानले गरेका हुन् भने छाँयाकन प्रेम लामा तथा इडिट टेकेन्द्र शाहले गरेका हुन् । नारायण थापाद्वारा संगीतरस्वरबद्ध ‘दिलमा आगो’ बोलको गीतमा बीबी रिजालको शब्द, सहास शाक्यको एरेन्ज र महेश्वरमान राजभण्डारीको मिक्सिङ्गमास्टरीङ रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु