स्वस्तिमा र निश्चललाई आदर्श जोडी सम्मान

म्यूजिक खबर
प्रकाशित: १६ श्रावण २०७६, बिहीबार

काठमाण्डौ। नायिका स्वस्तिमा खड्का तथा निर्देशक एवं कलाकार निश्चल बस्नेतलाई आदर्श जोडीको रुपमा सम्मान गरिएको छ । ललितपुरको जावलाखेलस्थित खुल्ला चौरमा आयोजित तीन दिने तीज माईती मेला २०७६ को उद्घाटन समारोहमा नेपाली कला क्षेत्रको आदर्श जोडी मान्दै सम्मान गरिएको हो ।

श्रीमान–श्रीमती नै एउटै क्षेत्रमा समर्पित भई सफल समेत बनेको जोडीलाई हरेक बर्ष तीज कार्यक्रमको आयोजना गर्दै सम्मानित गरिँदै आएको आयोजक संस्था ललित ब्यूटिसियन बहुउद्येश्य सहकारी संस्था लिमिटेड र ललित फरिया घरकी अध्यक्ष मिना कुमारी रिमालले बताईन् । सात बर्षदेखी हरितालिका तीजको अवसरमा लगातार हुँदै आएको उक्त कार्यक्रम यस बर्षदेखी ुसबैको लागि मनोरञ्जन र उत्सवु भन्ने उद्देश्यसहित खुल्ला रुपमा मेला सहित निशुल्क प्रवेश सहित शुरु भएको रिमालले बताईन् ।

तीज माईती मेलाको उद्घाटन कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन प्रमूख अतिथी थिए भने प्रमूख जिल्ला अधिकारी प्रेमराज जोशी बिशिष्ट अतिथी थिए । कार्यक्रमा बोल्दै मेयर महर्जनले यस प्रकारका कार्यक्रमहरुले नेपालको साँस्कृतिक महत्वलाई जोगाईराख्नेमा बिश्वास व्यक्त गरे । उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर, बिभिन्न प्रख्यात कलाकारहरु लगायतको पनि उपस्थिती तथा प्रस्तुती रहेको थियो ।
तीज मेलाको आयोजना ललित ब्यूटिसियन बहुउद्येश्य सहकारी संस्था लिमिटेड र जावलाखेलमा अवस्थित ललित फरिया घरले गरेको हो । कार्यक्रममा गायिका मिना निरौला, गायिका मञ्जु पौडेल, गायक यमन श्रेष्ठ, गायिका जुनु रिजाल लगायतको उपस्थिती रहेको थियो । तीज माईती मेला श्रावण १८ गतेसम्म चल्ने बताईएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु