अचानक के भयो श्वेतालाई ? भन्छिन् दोस्रो जिन्दगी पाएँ

म्यूजिक खबर
प्रकाशित: १६ बैशाख २०७६, सोमबार

अचानक के भयो श्वेतालाई ? भन्छिन् दोस्रो जिन्दगी पाएँ
नायिका श्वेता खड्का अहिले भारतमा छिन् । दिल्लीको बीएलके सुपर स्पेसियालिटी अस्पतालमा भर्ना छिन् । उनको हालै शल्यक्रिया गरेर ट्युमर निकालिएको छ । शल्यक्रिया सफल भएपछि उनले दोस्रो जीवन पाएको बताएकी छिन् ।

श्वेताले सोमबार बिहान आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा यसबारे जानकारी दिँदै जीवनले आफूसँग दोस्रो पटक खेल खेलेको बताएकी छिन् ।

फिल्म ‘हेलो जिन्दगी’ को सुटिङका लागि लण्डन पुगेकी उनलाई स्वास्थ्यमा खराबी देखिएपछि अचानक दिल्ली पुर्याइएको थियो । लण्डन उड्नु अघि घाँटी र चिउँडो वरिपरि दुखेर अस्पताल जाँदा ‘ट्युमर हो र त्यसलाई केही समयपछि निकाले हुन्छ, अहिलेका लागि खासै ठूलो समस्या होइन’ भनेपछि ढुक्क भएर लण्डन गएको उनले बताइन् ।

तर अचानक स्वास्थ्यमा खराबी देखिएपछि तत्कालै शल्यक्रिया गर्नुपर्ने डाक्टरको सल्लाहमा आफू दिल्ली पुगेको उनले फेसबुक स्टेटसमा जानकारी दिइन् । उनले भनिन्, ‘लण्डनमा केही दिनको सुटिङपछि एकाएक मलाई घाँटी र चिउँडोमा निकै पीडा हुनथाल्यो, ज्वरो पनि बेस्सरी आयो । मलाई तत्काल दिल्ली लगियो । डा। सुरेन्द्र कुमार दबासले ‘रोबोटिक सर्जरी’ गरे र नेपालबाट डा। पंकजले सबै व्यवस्था मिलाइदिएपछि शल्यक्रिया सफल भयो ।’

उक्त घटनापछि आफूले जीवनबारे अर्को पाठ सिकेको उनी बताउँछिन् । ‘कहिले के हुन्छ हामीलाई थाहा हुँदैन, जीवनले कता डोहोर्याउँछ, त्यो पनि थाहा हुँदैन ।’

उनले स्वास्थ्यका कारण फिल्ममा काम गर्न नसक्ने बताउँदै हेलो जिन्दगीको समूहसँग माफी मागेकी छिन् । डरलाग्दो अवस्थालाई आफूले पुनः जीत्न सफल भएको उनले बताइन् ।

अचानक के भयो श्वेतालाई ? भन्छिन् दोस्रो जिन्दगी पाएँ

बनाइन् माझी बस्ती नायिका श्वेता खड्काले

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु