बनाइन् माझी बस्ती नायिका श्वेता खड्काले

म्यूजिक खबर
प्रकाशित: २९ चैत्र २०७५, शुक्रबार

नेपाली चलचित्र क्षेत्रमा नायिका श्वेता खड्का निकै चर्चामा आइन् र पछिल्लो समय नायिका श्वेता खड्का फिल्म क्षेत्रमा भन्दा समाजिक क्षेत्रमा निकै लागी परेकी छन् ।उनले  फिल्म कहाँ भेटिएला’, ‘श्रीमान् श्रीमती’, ‘कोहिनूर’, ‘कान्छी’ आदि फिल्मबाट निकै चर्चा पाइन्  सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ भीमटार माझी बस्तीमा ५३ वटा सुन्दर घर ठडाएकी छिन् ।नायिका श्वेता खड्काले ०७२ वैशाख १२ गते गएको भूकम्पबाट पीडितका लागि घरहरु ठडाएकी हुन् । माझी बस्तीका स्थानीयलाई लक्षित गरी  ४६५ वर्ग फिटमा निर्माण हुने घरको लागत प्रति घर लगभग सात लाख रुपैयाँ पर्न आउँछ । नायिका श्वेता खड्काले काम अन्तिम चरणमा पुगेको बताएकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु