विश्व शान्ति र सद्भावका लागि ‘स्विकारोक्ति ग्लोबल टुर’ गरिने

म्यूजिक खबर
प्रकाशित: १२ मंसिर २०८०, मंगलवार

काठमाडौं । ‘अस्तित्वहरुको न्यायिक सम्बोधन’ भन्ने मुल बिचार बोकेर बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको स्वीकारोक्ति फाउन्डेसन अमेरीकाले शुक्रबार राजधानि काठमाण्डौमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै स्वीकारोक्ति विश्व शान्ति यात्रा २०२३ को बारे जानकारी गराएको छ ।

स्वीकारोक्ति फाउन्डेसनको ११ औ बार्षिक उत्सवको अवसरमा आयोजना हुन लागेको यस विश्व शान्ति यात्रा नेपालको राजधानि काठमाण्डौ बाट सुरु भइ  नेपालका बिभिन्न शहर हुदै भारतको गुहावटी सम्म पुग्ने छ भने कार्यक्रमको समापन मंसिर २८ र २९ गते साहित्यीक तथा युवा शैक्षिक शिखर सम्मेलन आयोजना गरि राजधानि काठमाण्डौमा गरिने छ  ।

पत्रकार सम्मेलनमा सम्बोधन गर्दै  स्विकारोक्ति दर्शनको प्रवर्तक डेन्जोम साम्पाङ्गले स्वीकारोक्ति फाउन्डेसन र स्वीकारोक्ति दर्शनको बारे अबगत गराएका थिए । यस विश्व यात्राले सकारात्मक भाव सहित खुसि शान्ति र सद्भाव फैलाउने बिशेष उदेश्यका साथ आयोजना गर्न लागिएको बताएका छन् भने अन्र्तराष्ट्रिय सम्पर्क , समन्वय तथा कार्यक्रम आयोजना प्रमुख कर्ण गुरुङले कार्यक्रमको रुपरेखा बारे प्रष्ट पारेका थिए । यस विश्व शान्ति यात्राको दौरान नेपाली साहित्यका एक मुर्धन्य व्यक्तित्व लील बहादुर क्षेत्रीलाइ छ लाख नगद राशि सहित सम्मान गरि स्वीकारोक्ति सिद्धि पुरस्कार हस्तान्तरण गरिने छ भने कतै बृक्षारोपण , कतै अनुदान तथा कतै अन्र्तक्रिया कार्यक्रमहरु सन्चालन हुने छन् ।

पत्रकार भेटघाट कार्यक्रमको अघिल्लो साँझ समाजसेबि प्रदिप घिमिरे संगको सहकार्यमा सडक किनारमा रातको समयमा भोकै बस्न बाध्य करिब १३० जनालाई खाना खुवाएर यो विश्व शान्ति यात्रा आरम्भ गरिएको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइयो ।

पत्रकार भेटघाटको पूर्वसन्ध्यामा काठमाण्डौको बाटोमा हरियो टिसर्ट सहित सेभ द अर्थ तथा शान्तिको सन्देश को दिन  साइकल र्याली निकालिएको थियो । १०० भन्दा बढि साइकल बाट नगर परिक्रमा गरिएको थियो ।

पत्रकार भेटघाट कार्यक्रममा बरिष्ठ साहित्यकार तथा कबि बिप्लब प्रतिक , बरिष्ठ साहित्यकार डा गोबिन्द भट्टराई , प्रोफेसर डा गोबिन्द रिजाल , काठमाण्डौ प्याव्सनका अध्यक्ष प्रेम राई परिक्षित र साइकल कल्चल कम्यूनिटि उपाध्यक्ष अमिर मसाल का व्यक्तित्वहरुले यस विश्व शान्ति यात्रा २०२३ को शुभकामना दिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु