चक्रपाणीको गीत ‘भन्दिन तिमीलाई म’ स्वरुपराजको स्वर, रेजिनाको अभिनय

म्यूजिक खबर
प्रकाशित: ३ जेष्ठ २०८१, बिहीबार

काठमाडौं । कर्ण प्रिय स्वरका धनी गायक स्वरुपराज आचार्यको स्वरमा सजिएको ‘भन्दिन तिमीलाई म’ गीतको म्युजिक भिडियो आज सार्वजनिक भएको छ। चक्रपाणी तिमल्सिनाको शब्द रहेको उक्त गीतमा तिमल्सीना आफैले संगीत भरेका हुन् ।

संगीत संयोजन गोविन्द मधुर आचार्यले गरेका छन् । अकष्टिक नेपाल स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट राजाबाबु चौधरी हुन् । ध्वनी सम्पादन तथा मास्टरिङ प्रकाश मिश्रले गरेका छन् ।

गीतको म्युजिक भिडियोमा नायिका रेजिना उप्रेती, चक्रपाणी तिमल्सिना र डिल्लि पोखरेलले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई सुब्रत आचार्यले निर्देशन गरेका हुन् भने यसमा उत्सव दाहालको छायांकन र विष्णु खड्काको सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु