‘टाला टुली बटुली’ दिलायो लोकराजलाई पन्ध्र लाख बढीको माया

म्यूजिक खबर
प्रकाशित: २९ माघ २०७६, बुधबार

काठमाडौं । लोकराज अधिकारी नेपाली सांगीतिक क्षेत्रका स्थापित गीतकार हुन् । उनले लेखेका गीतहरुले रेकर्ड कायम गरेका छन् । सुगम संगीत देखि चलचित्रसम्म उनको गीति लेखनले स्थान र चर्चा र श्रोताको माया पाउँदै आएको छ । तिमीले पराई ठानेपछि, रुपै मोहनी बोलको गीत जस्ता चर्चित गीत लेखेका लोकराजको यतिबेला नयाँ गीत सार्वजनिक भएको छ । ‘टालाटुली बटुली’ बोलको उक्त गीतलाई पनि दर्शक श्रोताले उतिकै माया गरिरहेका छन् । गीतले यतिबेला १५ लाख भन्दा बढी भ्युज पाइसकेको छ ।

यो गीतले बाल्यकालका स्मृति गराएको छ । गायक राजेन्द्र बुढाथोकीको स्वरमा रहेको गीतमा सागर लम्साल ‘बले’ र अञ्जली अधिकारीको अभिनय रहेको छ । सार्वजनिक गीत लोकराज अधिकारीको शब्द तथा अर्जुन पोख्रेलको सङ्गीतले सजिएको छ । सान थापाको निर्देशनमा बनेको उक्त म्युजिक भिडियोलाई राजीव समरले कोरोयोग्राफ गरेका छन् । अर्जुन तिवारीको छायांकन र शिलन लम्सालले सम्पादन गरेको उक्त म्युजिक भिडियोलाई टिएलएन मिडियाबाट सार्वजनिक गरिएको छ । धेरैले सो भिडियो हेरेर राम्रो प्रतिक्रिया दिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु