ट्यालेन्ट स्टार नेपालमा निर्वेश, छिरिङ, समीक्षा र रियाज उत्कृष्ट

म्यूजिक खबर
प्रकाशित: ८ फाल्गुन २०७६, बिहीबार
Talent Star Nepal

काठमाडौं । परिवर्तन इभेन्ट हाउसद्वारा आयोजित ट्यालेन्ट स्टार नेपाल–२०२० सम्पन्न भएको छ । सिजन टुका रूपमा राष्ट्रिय नाचघर जमलमा आयोजित प्रतियोगितामा पाँचदेखि १५ वर्षसम्मका ४८ बालबालिकाको सहभागिता थियो ।
आयोजक संस्थाका अनुसार मिनी, जुनियर र प्रिटिन गरी तीन विधामा भएको प्रतिस्पर्धाका विजेता सबैले आगामी चैत २६ गते हंगेरीमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्न पाउनेछन् ।

प्रतियोगितामा मिनीतर्फ निर्वेश श्रेष्ठ, जुनियरतर्फ छिरिङ डोल्मा लामा र प्रिटिनतर्फ समीक्षा लामा र रियाज महर्जन उत्कृष्ट भए । मिनीतर्फ आयुषकुमार रजक,साङेमो लामा र बारिधी पौडेलले उपाधि जिते । त्यसैगरी जुनियरतर्फ रसिल श्रेष्ठ, रागभ कर्ण, जेसिका श्रेष्ठ, आरोन्सा गुरुङ, नेन्सी थापा मगर र युनिका अधिकारीले उपाधि हात पारे ।

त्यस्तै प्रिटिनतर्फ खुसी शाही, छवि अग्रवाल, जोसिका ठकुरी, प्रजिक्ता श्रेष्ठ, अदिती कँडेल र श्रद्धा खेतानले सफलता पाए । ब्वाइज प्रि–टिनतर्फ भने विमिश गुरुङ, दिप्सन सिङ्खडा र अभिजित मानान्धर विजेता भए ।
प्रमुख निर्णायक रहेका क्यानका पूर्व्टिम म्यानेजर पूर्ण लामाले सबै विद्यार्थीको प्रतिभा राम्रो रहेको उल्लेख गरे । बैंकर हेमा के.अधिकारी , अमेरिकाकी सद्भाव दूत छिरिङ डोल्मा शेर्पा, मिस नेपाल–२०१९ की टप सेभेन रक्षा उप्रेती, गायिका सोन्ना अमात्य, संगीतकार शशीबिक्रम थापालगायतको सहभागिता थियो ।

आयोजक राज बराइली र सोनिया जिआरले विगतमा झैं यसपटकको प्रतियोगिताका सबै विजेताले अन्तर्राष्ट्रिय सहभागिताको मौका पाउने बताए । कार्यक्रममा प्रमुख अतिथी सांसद कोमल वलीले बालबालिकाको प्रतिभाको कदर गर्दै नेपाली कला तथा सांगीतिक क्षेत्रमा सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा लोकप्रिय गायक–गायिका सञ्जिब पराजुली र टिका प्रसाइलाई युगल जोडी राष्ट्रिय सम्मान प्रदान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु