‘चौँरीको चाम्रो छुर्पी–२’ : सरल शब्द तर गहन अर्थ र मानवताको सन्देश

म्यूजिक खबर
प्रकाशित: ६ आश्विन २०७९, बिहीबार

काठमाडौं । लोकप्रिय गीत ‘चौँरीको चाम्रो छुर्पी’ को दोस्रो भाग ‘राम्रो सोचे राम्रो नै देखिन्छ’ सार्वजनिक गरिएको छ । टंक बुढाथोकीको स्वर तथा संगीत रहेको यस गीतमा बालगायक अशोक दर्जी र एआर बुढाथोकीको पनि स्वर रहेको छ । झापा क्षेत्र नं ४ का संघिय सांसद एलपी साँवा लिम्बुले लेखेको गीतमा गीतको बोलझैं असल मानवताको सन्देश झल्केको छ ।

गीतले जे सोच्छौं–जस्तो सोच्छौं र जे गर्छौं–जस्तो गर्छौं प्रतिफल पनि त्यस्तै पाउँछौं भन्ने भाव बोकेको छ ।

गीतको भिडियोमा टंक, अशोक र एआरलाई नै देख्न सकिन्छ । भिडियोलाई कबिराज गहतराजले कोरियोग्राफि तथा निर्देशन गरेका हुन् भने सुदिप बरालको सिनेमाटोग्राफर र सन्देश शाहको सम्पादन रहेको छ ।

५ दिन अघि टंक बुढाथोकी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीत यतिबेला ट्रेण्डिङमा समेत पर्न सफल भएको छ । ५२ लाख बढी दर्शक, श्रोता कमाईसकेको गीतलाई प्रतिक्रिया सरकारात्मक आएका छन् । अधिकांश प्रतिक्रियाहरुमा बाल गायकका रुपमा भाइरल भएका अशोकको स्वर र व्यक्तित्वमा धेरै फरक आएको भन्दै अशोक र सिंगो गीतको टिमलाई माया दर्शाइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु