• Music Khabar Music Awards
  • Tara Devi तारा देवी

    म्यूजिक खवर
    प्रकाशित: २८ पुष २०७२, मंगलवार

     

    “Nightingale of Nepal” Tara Devi
    Birthday: 1945 January 15
    Birthplace: Kathmandu, Nepal
    Parents: Krishna Bahadur and Radha Devi
    Occupation: Singer
    Marital status: married to Shiva Bahadur Shrestha(pilot)
    Died: 2006 January 23
    Awards: Suprashidda Gorkha Dakshin Bahu’
    ‘Mahendra Ratna’,
    Indra Rajya Laxmi award,
    Jagadumba award,
    Chinnalata award,’Maina’

     

    Tara Devi was born on 1945 at Kathmandu, to Krishna Bahadur and Radha Devi. She was one of the Nepali female singer. Tara Devi started singing at age seven. She got married with Shiva Bahadur Shrestha(pilot) in 1966. Later she gave birth to 2 sons and a daughter.
    She recorded more than 4,000 songs in her lifetime. Especially she sang about patriotism and love. She spent 40 years in singing career. During the time she was able to establish herself as a true daughter of Nepal. She was also known as the Nightingle of Nepal. When she was 5 years old she went to Radio Nepal . When she was singing, everyone who heard her were extremely impressed . During that period she sang many songs on baal program broadcasted regularly on Radio Nepal.
    Together with her study she carried on with her music. After SLC she did Bachelor in Music. During the initial days she used to earn Rs 5 for singing one song at Radio Nepal and as time passed she started earning Rs. 100 for each song she sang. With this progress, she was more than happy. Later on ,she was also appointed as a Khardar at Radio Nepal. After some years she held the position of Nayab Subba and Upasachib and spent 30 years of her career there. She recorded bhajan, modern or even folk numbers.
    Tara Devi was granted with an honor “Swor Samragi”, she had reached the height of popularity in Nepal as an artist. Some of her hit numbers songs are Ukali Orali Haruma, Phoolako Thunga, Kali Paray Dai, Nirdosh Mero Pachhyaurima, A Kanchha, and Himalako Kaakhama. Sanguri Wari nihou tyo dhara pani is her most popular song.
    Tara Devi had difficult periods in her life after she lost her 25-year-old son to blood cancer. Soon after, her husband, pilot Shiv Bahadur Shrestha died in a crash. After this tragedy, she became physically unfit and later was diagnosed with Parkinson’s disease . Due to this, she stopped singing further and her new songs were hardly heard. On January 21, 2006 she died a peaceful death at the age of 60.

    Songs of Tara Devi:
    Subhakamana
    Yakantama Eklai
    Akha Haru le Runa
    Bida Hune Bhaigayo
    Ghumai Ghumai
    Mero Jeevan Kitab Ko
    Maile Gayeko Geetma
    Ma Deep Hun
    Himalako Kakhama
    Kaali Paar
    Dilma Hajur Ayera
    Sanghuri Baruli ho
    Nyauli Basyo Tyo
    Timi Mero Hainau

     

     

    तारादेवीको जन्म वि.सं. २००२ साल माघ २ गते मङ्गलबारका दिन बाबु कृष्णबहादुर कार्की तथा आमा राधादेवीका सुपुत्रीका रूपमा इन्द्रचोक, काठमाडौंमा भएको थियो। यिनको वाल्यकालको नाम डोलकुमारी कार्की थियो।

    तारादेवीको शिवबहादुर श्रेष्ठसँग वि.सं. २०२२ सालमा प्रेमविवाह भएको थियो। उनका पति हवाइचालक थिए। यी दुई पतिपत्नीबाट एउटी छोरी चारु तथा दुईटा छोरा शशि र रवि जन्मे। तारादेवीका जवान छोरा शशि वि.सं. २०५१ साल वैशाखमा क्यान्सर रोगका कारण दिवङ्गत भए भने उनका पति शिवबहादुर पनि २०५५ सालमा हवाई दुर्घटनामा स्वर्गीय भए। चार वर्षघि जागीर खोसिएर त्यसको पीडा बोक्ताबोक्तै चार वर्षपछि पुत्रवियोग र फेरि त्यसको चार वर्षपछि पतिको निधन हुनु तारादेवीको जीवनका अत्यन्तै मर्माहत क्षण थिए। तारादेवी त्यसपछि क्षतविक्षत अवस्थामा उज्यालोअँध्यारो बिताउने क्रममा लागिन्। त्यस्ता डरलाग्दा घटनापछि उनको स्वर पनि पीडा र वेदनाको दहमा नै थन्कन थाल्यो। उनले वि.सं. २०५६ साल फागुन १३ गते एउटा सांस्कृतिक मञ्चमा उभिएर गीत गाइन्।

     

    चारदशकदेखिको अथक साधनाद्वारा गायनकलामा उत्कृष्टता हासिल गरी नेपाली भाषालाई स्वदेशभित्र र बाहिरसमेत सङ्गीतको मधुरिमाद्वारा लोकप्रिय बनाई नेपाली वाङ्मयको श्रीवृद्धि गर्नमा उल्लेखनीय योगदान गर्नुभएकोले वहाँको राष्ट्रिय देनको कदर स्वरूप वि.सं. २०५० सालको जगदम्बाश्री पुरस्कार प्रदान गरियो। उनले इन्द्रराज्यलक्ष्मी प्रज्ञापुरस्कार, छिन्नलता पुरस्कार, मैना पुरस्कार र नइ सुर सम्मान पाइन्। त्यति मात्र होइन तारादेवी सुप्रसिद्ध प्रबल गोरखा दक्षिण बाहु प्रथमबाट विभूषित भइन्। उनले महेन्द्ररत्न आभूषण, गद्दी आरोहण रजतपदक, वीरेन्द्र ऐर्श्वर्य सेवापदकका अतिरिक्त स्वदेश तथा विदेशबाट अन्य थुप्रै पदक, पुरस्कार, सम्मान र अभिनन्दनहरू पनि पाएकी थिइन्।

     

    • शुभकामना भरी
    • उकाली ओराली हरूमा
    • आऊ न आऊ तिम्रै खुशी
    • हिमालको काखमा छ सानो मेरो गाउँ
    • साँघुरी बारी नि हो त्यो धारा पानी
    • कालीपारी दाई कति राम्रो
    • सोचेजस्तो हुन्न जीवन
    • फूलको थ्ँगा बगेर गयो
    • विदा हुने भैगयो बेला

     

    गायिका तारा देवीको जीवनी

    तारादेवी अर्थात् आधुनिक गायनकी नेपालदेवी
    फूलको थुङ्गा बगेर गयो गङ्गाको पानीमा
    कहिले भेट होला हे राजै ! यो जिन्दगानीमा ।

    तारादेवीले नेपाली गीत गाएर नेपाली सङ्गीतपारखीका लागि एउटा सिङ्गो जीवनदान दिइन् । तारादेवी नेपाली गीतगायनमा बहुचर्चित नाउँ हो । थुप्रै मीठामीठा गीतहरू गाएर तारादेवीले नेपाली जनमानसमा आफ्नो गायनप्रतिभाको उत्कृष्ट परिचय दिएकी थिइन् । उनको त्यही परिचय नै नेपाली साङ्गीतिक आकाशमा गाँसियो । वास्तवमा तारादेवीले आफ्ना स्वरहरूबाट नेपाली भाषा मात्र प्रकट गरिन्, नेपाली जनजीवनको चित्रण मात्र प्रस्तुत गरिन् र नेपाली संस्कृति मात्र प्रदर्शन गरिन् । यिनले मीठो सुर, ताल र भाकामा आफ्नो स्वर नेपालका घरदै लामा पुर्‍याइन् :

    हिमालको काखमा छ सानो मेरो गाउँ
    पर्व तकी छोरी हुँ म पार्व ती हो नाउँ ।

    कृष्णबहादुर कार्की तथा राधादेवीकी सुपुत्रीका रूपमा संवत् २००२ साल माघ २ गते मङ्गलबार काठमाडौँको इन्द्रचोकमा तारादेवीको जन्म भएको थियो । आफ्नो तोतेबोलीमा नै तारादेवीले नेपाली भाषामा गायनको आरम्भ गरेकी थिइन् । उनी पाँच वर्षो उमेरमा भैरवबहादुर थापाको औँला समाएर रेडियो नेपाल पुगेकी थिइन् । त्यसबखत तारादेवीको बालस्वरले धेरैलाई चकित, मोहित र आफन्त बनाएको थियो । त्यस बेला यिनले रेडियो नेपालमा निःशुल्क नै बालगीत गाउने गर्थिन् । केही वर्षपछि यिनले एउटा गीत गाएको पाँच रुपियाँ पाउन थालिन् । त्यस बेला गीत गाएर पारिश्रमिक भेट्ता यिनी अत्यन्तै खुसी हुन्थिन् । क्रमशः यिनको गायनको मूल्य पनि बढ्न थाल्यो र पारिश्रमिक पनि दोब्रिन थाल्यो । यिनले आफ्नो योग्यतालाई राम्ररी परिचित गराएपछि रेडियो नेपालमा तारादेवीलाई खरदारसरहकी गायिकामा नियुक्त गरियो र यिनको तलब महिनाको एक सय रुपियाँ हुन थाल्यो । साथै केही समयपछि यी रेडियो नेपालको नायब सुब्बास्तरीय गायिकामा बढुवा पनि भइन् । त्यस पदमा रही यिनले लगातार तीन दशकसम्म रेडियो नेपालको सेवा गरिन् । त्यस बेलासम्ममा यिनले प्रवेशिका परीक्षा पनि पास गरिन् र सङ्गीतमा स्नातकको योग्यता हासिल गरिन् । आफ्ना सारा योग्यतालाई बढोत्तरी गरी तीसौँ वर्षम्म सुब्बा भए पनि यिनले उत्साह, उमङ्ग र उल्लासले भरिएका गीतहरू नै गाइरहिन् :

    उकाली ओरालीहरूमा, भन्ज्याङ अनि चौ तारीहरूमा
    सुन्दर ती दहहरूमा, हिमालका विशाल छातीहरूमा
    जहाँजहाँ जान्छौ तिमी, म पहाड बनी पछयाइरहन्छु
    ती छहरा, खोला, खहरेहरूमा सम्झना बनी बगिरहन्छु ।

    तारादेवीको स्वर नेपालको गाउँघर, पाखापर्वत र सहरबजारमा गुनगुनाउने गर्छ । त्यति मात्र होइन स्थानीय बासिन्दाले पनि उनको स्वरमा आफ्नो स्वर दिने गर्छन्; अर्थात् उनीहरू पनि तारादेवीले गाएका गीत गुनगुनाउने गर्छन् । वास्तवमा उनका गीतमा मान्छेको मर्म, खुसी र जिन्दगानी भेटिन्छ । तारादेवीको स्वरमा त्यस्तो के जादु थियो कुन्नि ! उनले गाएको गीतले बाबरी फुलाएको हुन्थ्यो, इन्द्रकमल फक्राएको हुन्थ्यो र चाँप, बेली र चुआ मगमगाएको हुन्थ्यो । नेपाली सङ्गीतको इतिहासलाई उन्नतिको शिखरमा पुर्‍याउने तारादेवी नेपाली गायनकी चम्किली तारा थिइन्; जुन तारा नेपाली आधुनिक गीत बोकेर देशदेशान्तरमा झुल्केको, टल्केको र चम्केको पाइन्थ्यो । वास्तवमा सम्पूर्ण नेपाली जातिकी प्रतिनिधि गायिकाका रूपमा तारादेवीले नेपाली गीतलाई संसारभरि बस्ने नेपालीका कानकानमा पुर्याएकी थिइन् :

    कालीपारे दाइ कति राम्रो
    ढाकाटोपी काँधै मा गलबन्दी ।

    तारादेवीले सुब्बाका कुर्सीमा बसेर ३० वर्षसम्म रेडियो नेपालमा गीत गाइन् । त्यसपछि राजा वीरेन्द्रको हुकुमप्रमाङ्गीद्वारा उनी शाखा अधिकृतस्तरीय गायिका भइन् र पछि उनी उपसचिवस्तरीय गायिकामा समेत नियुक्त भइन् । तर उनले त्यो पदको धेरै समयसम्म भोग गर्न पाइनन् । बाल्यावस्थादेखि गीत गाएर आफ्नो यौवन फुलाएको रेडियो नेपालले बहुदलीय प्रणाली भित्रनेबित्तिकै तारादेवीको मुटुलाई टपक्कै टिपेर फाल्यो । भनौँ रेडियो नेपालबाट तारादेवीलाई बिनाकसुर जागिरबाट हुत्याइयो ।
    एउटी सरल, सौम्य र इमानदार गायिका तारादेवीमा जजसले जेजसरी अपमानको टीका लगाउन खोजे तापनि तारादेवीको योगदानको कदर र्सवत्र गरिएको छ । उनले गीत गाएर नै इन्द्रराज्यलक्ष्मी प्रज्ञापुरस्कार, जगदम्बाश्री पुरस्कार, छिन्नलता पुरस्कार, मैना पुरस्कार र नइ सुर सम्मान पाइन् । त्यति मात्र होइन तारादेवी सुप्रसिद्ध प्रबल गोरखादक्षिणबाहु प्रथमबाट विभूषित भइन् । उनले महेन्द्ररत्न आभूषण, गद्दी आरोहण रजतपदक, वीरेन्द्र ऐर्श्वर्य सेवापदकका अतिरिक्त स्वदेश तथा विदेशबाट अन्य थुप्रै पदक, पुरस्कार, सम्मान र अभिनन्दनहरू पनि पाएकी थिइन् ।

    तारादेवीको शिवबहादुर श्रेष्ठसँग २०२२ सालमा प्रेमविवाह भएको थियो । उनका पति हवाई जहाजका चालक थिए । यी दुई पतिपत्नीबाट एउटी छोरी चारु तथा दुईटा छोरा शशि र रवि जन्मे । तारादेवीका जवान छोरा शशि २०५१ साल वैशाखमा क्यान्सर रोगका कारण दिवङ्गत भए भने उनका पति शिवबहादुर श्रेष्ठ पनि २०५५ सालमा हवाई दुर्घटनामा स्वर्गीय भए । चार वर्षघि जागिर खोसिएर त्यसको पीडा बोक्ताबोक्तै चार वर्षपछि पुत्रवियोग र फेरि त्यसको चार वर्षपछि पतिको निधन हुनु तारादेवीको जीवनका अत्यन्तै मर्माहत क्षण थिए । तारादेवी त्यसपछि क्षतविक्षत अवस्थामा उज्यालोअँध्यारो बिताउने क्रममा लागिन् । त्यस्ता डरलाग्दा घटनापछि उनको स्वर पनि पीडा र वेदनाको दहमा नै थन्कन थाल्यो । उनको महान् व्यक्तित्वमा पुनः हरियाली भर्न नइ प्रकाशनले पहल गर्‍यो । परिणामस्वरूप उनले २०५६ साल फागुन १३ गते एउटा सांस्कृतिक मञ्चमा उभिएर गीत गाइन् । उनले जागिरबाट अवकाश पाएपछि तथा उनको छोरो शशि र पतिको देहान्तपछि तारादेवीको यो पहिलो गीत थियो :

    आफ्ना भन्ने कति रै’छन् बाँच्तै जाँदा थाहा भयो
    बाधाहरू थुप्रै रै’छन् हिँड्दै जाँदा थाहा भयो ।

    नइ प्रकाशनको अग्रसरतामा नेपाली गीतिआकाशका २८ जना ख्यातिप्राप्त गीतकारहरूद्वारा तारादेवीमा ‘नेपाली गायनकी शिखर व्यक्तित्व’को सम्मानसहित सामूहिक अभिनन्दन गरिएको थियो । त्यतिमात्र होइन नइद्वारा सम्पादित ‘उकाली ओरालीहरूमा तारादेवी’ नामक तारादेवीविषयक संस्मरणात्मक ग्रन्थ पनि उनैद्वारा र्सार्वजनिक गरिएको थियो ।
    तारादेवीले आफ्नो जीवनयात्राका क्रममा नेपालका विभिन्न भूभागमा गई गीत गाएकी थिइन् । साथै विभिन्न मुलुकहरूमा गई उनले नेपाली गायनको प्रत्यक्ष प्रस्तुति पनि गरेकी थिइन् ।

    तारादेवीले नेपाली भाषामा तीन हजारभन्दा बढी गीत गाइन् । उनले लोकगीत, भजन र राष्ट्रिय गीतहरू पनि थुप्रै गाइन् । उनको नाउँ आधुनिक गीतमा बलियोसँग गाँसिएको छ ’cause यिनले पच्चीस सयभन्दा बढी आधुनिक गीतहरू मात्र गाइन् । यिनका पचास प्रतिशत गीतमा नातिकाजीको सङ्गीतसंयोजन जुटेको थियो । तारादेवीले नेपाली गीतका परम्परामा चार दशकभन्दा बढी समयसम्म गीत गाइन् ।
    तारादेवी धनसम्पति, पद र सम्मानभन्दा माया, प्रेम र स्नेहकी भोकी थिइन् । वास्तवमा उनलाई माया गर्नु भनेको कलालाई माया गर्नु थियो, उनलाई सम्मान गर्नु भनेको कलाको सम्मान गर्नु थियो र उनको कदर गर्नु भनेको राष्ट्रियताको कदर गर्नु नै मानिन्थ्यो ’cause उनले जीवनभर नेपाली शब्दहरूलाई संसारभरि रहेका नेपालीका कानकान, मनमन र ढुकढुकी ढुकढुकीमा पुर्‍याइन् । गीतसङ्गीतको भाकामा यिनले कति आँसु झारिन् र कति हाँसो उडाइन् । अन्ततः उनी पनि यस लोकबाट हिँडिन् । २०६२ साल माघ १२ गते उनको स्वर्गा रोहण भएको थियो । त्यस दिन नेपाल टेलिभिजनले उनको दाहसंस्कारको प्रत्यक्ष विवरण आफ्ना लाखौं दर्शकमाझ प्रस्तुत गरेको थियो । वास्तवमा तारादेवी आधुनिक गायनयात्राकी नेपालदेवी नै थिइन् :

    गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली
    जय जय जय नेपाल सुन्दर शान्त विशाल

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु