तीजको विषयमा किन भयो मन्जु र सन्तुको झगडा ?

म्यूजिक खबर
प्रकाशित: ३० असार २०७६, सोमबार

काठमाडौं । गायिका मन्जु पौडेल र गायक सन्तु थापाबीच यतिखेर झगडा भएको छ । तीज नजिकिँदै गर्दा उनीबीच आएको खटपटले सबैलाई सोचनीय बनाएको छ ।

गीतसंगीतमा विकृति भयो, तीज बिग्रियो भन्दै मन्जु पौडेल अगाडि बढेपछि गायक सन्तु थापासँग झगडाको विषय बनेको हो । गायक सन्तु थापाले महिलाहरुका विरुद्धमा बोलेपछि यस्तो झगडाको विषय बनेको हो ।

वास्तविकतामा झगडा तीज ब्याटलमा भएको हो । महिला र पुरुषबीचको कटाक्ष तीज दोहोरी ब्याटलमा भनिएका शब्दहरुले पछिल्लो समयको समाजको चित्रण गरेको छ । आफ्नो मौलिकता बिर्सेर हिडेकाहरुलाई एउटा दह्रो झापड समेत गीतले दिएको छ । दोहोरी ब्याटल आएजस्तै तीजमा पनि गायिका मन्जु पौडेल र गायक सन्तु थापा पनि नयाँ कन्सेप्टका साथ अगाडि बढेका हुन् । मन्जु पौडेल र सन्तु थापाको स्वर रहेको यस तीज गीतले यस वर्षको तीज गीतको बजारमा नयाँ छाप छोड्ने देखिन्छ ।

तीज ब्याटलमा दिग्गज द्यौरालीले शब्द लेखेका छन् । लय संकलन गायक सन्तु थापाकै रहेको छ भने संगीत संयोजन कृष्ण वि.क. भान्जाको रहेको छ । गीतको भिडियोलाई गायक सन्तु थापाले नै निर्देशन गरेका छन् । करण चैंसिरको छायाँकन रहेको उक्त भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु