• सातौं छायाँछवि तीज म्यूजिक अवार्डको मनोनयन सार्वजनिक, उत्कृष्ट पाँचको सूची यस्तो छ

    म्यूजिक खबर
    प्रकाशित: १ भाद्र २०७७, सोमबार
    Teej Music Award

    नेपाली गीतरसंगीत संसकृतिले धन्यधान्य छ । खासगरी हाम्रा रितिस्थिति, परम्परा एवं संस्कृतिले गीत–संगीतलाई मौलिक त बनाएको छ नै त्यहि माथी यसको विकासमा समेत प्रभावकारी भुमीका खेलिरहेकै छ । हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलीक रुपमा जोगाइ राखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो ‘तीज’ । तीजमा लोक सांस्कृतिक संगीतले प्रशस्त खेल्ने मौका पाउँछ । मौलीक संगीतको विकाशमा तीज पर्वमा खासगरी महिलाका आवाजहरु गुञ्जीन्छन् । आजभोली बदलीदो परिस्थितिमा पुरुषका स्वर पनि प्राथमिकतामा आउन थालेको छ । तीजका गीत संगीत सांस्कृतिक परम्पराको नाममा विकृतितीर समेत धकेलिन लागेको आरोप लागीरहन्छ । आरोप – प्रत्यारोप जे भएपनि तीज संगीत फस्टाउँदो भने पक्कै छ । यहि तीजको परम्परालाई कायम राख्दै सातौं छायाँछबि तीज म्युजिक अवार्ड –०७७ को आयोजना गर्न लागिएको हो ।

    तीजको अवसरमा प्रकाशित गरिने तीज गीतको संख्या गत बर्षहरुमा भन्दा कोरोना कहरका कारण पनि यस पटक केही कमी आएको छ । तर पनि तीजका अबसरमा संलग्न हुने सर्जकहरुलाई सांस्कृतिक पर्व तीजका अवसरमा प्रोत्साहन मिलोस र तीजका गीतले र त्यसका श्रष्टा÷सर्जकले प्रोत्साहित हुने मौका पाउन् भन्ने धेयका साथ यो अवार्डको आयोजना गरिन लागेको हो ।

    मौलिक सांस्कृतिक पर्व तीजलाई हामी मनोरञ्जनको भन्दा पनि संस्कृतिको संम्बर्धन एवं प्रबर्धन सँग जोडेर अवार्ड आयोजना गरिरहेका छौं । मुलतः मनोरञ्जन सँगसगै संस्कृतिको पर्व तीज अवार्डको सातौं श्रृंखलामा उत्कृष्ट ५ को मनोनयनमा पर्नुहुने सबै श्रष्टालाई बधाई छ । तीजका अवसरमा प्रकाशन भएका वा अवार्डमा भाग लिन आइपुग्नु भएका सबै श्रष्टा सर्जकहरुले सांस्कृतिक पर्व तीजका लागी आफ्नो साँस्कृतिक धर्म निभाउनु भएकोमा हार्दिक आभार प्रकट गर्दछौं । कोरोना कहरका बिचमा पनि यस पटक जे जति गीत निर्माण भए र हामीसम्म दर्ता हुन आए त्यसका लागी सम्पूर्णमा साधुबाद । यसपटकको अवार्ड कोरोना कहरका कारण हामी भाद्र ६ गते उत्कृट हुनुहुने श्रष्टाको नाम घोषणा गर्नेछौ भने अवार्ड प्रदान गर्ने कार्य बाताबरण केही सहज भएपछि आयोजना गर्नेछौं ।

    उत्कृष्ट पाँचको मनोनयन
    १. उत्कृष्ट तीज गीत एरेञ्जर
    क. बी.बी. अनुरागीः सुरक्षित तीज
    ख. योगेश काजीः बजाउँदै चुरा
    ग. मनोहर सुनामः भेल्बेटको चोली
    घ. सुरेश शाहीः सम्झायो माइतिघर
    ङ. मनोज राजभण्डारीः ढाकाको चोलीमा

    २. उत्कृष्ट तीज गीत मिक्सिङ
    क. श्यामश्वेत रसाइलीः सुरक्षित तीज
    ख. एच वि एन किस्मतः फरिया लरिलै वरीलै
    ग. भोला पौडेलः आयो तीज
    घ. सञ्जय श्रेष्ठः ढाकाको चोलीमा
    ङ. कुमार रानाः पातली–२ ऐना हेरी हेरी

    ३. उत्कृष्ट तीज गीत दोहोरी नव–गायन
    क. आयुषा गौतमः विधुवा
    ख. टेक बहादुर अधिकारीः छड्के तिलहरी
    ग. मिना तीवारीः रातो रातो सारी
    घ. राजन कार्कीः रातो रातो सारी
    ङ. विशाल रायमाझीः सैना

    ४ं उत्कृष्ट तीज गीत नव गायिका
    क. गरीमा ज्ञावालीः सुरक्षित तीज
    ख. प्रमिला खत्रीः माइती घर के छ र
    ग. सरीता भारतीः रातो सारी लरक्कै
    घ. सुमित्रा गौतमः सम्झायो माइतीघर

    ५. उत्कृष्ट तीज दोहोरी गीत सम्पादक
    क.सुजन शाहीः विधुवा
    ख.। राजेश कुमारः वचनैले नघोच
    ग. राजकुमार मगरः सैना
    घ. राजकुमार मगरः नक्कले भिनाजु –४
    ङ. मिलन विश्वकर्माः बरी लै माइतीको आगन

    ६. उत्कृष्ट तीज गीत सम्पादक
    क. फराज अर्पणः सुरक्षित तीज
    ख. मनिष पन्थः कोरोना र लकडाउन
    ग विरेन्द्र भाट विपिनः सम्झायो माइतिघर
    घ. मित्र डी गुरुङः ढाकाको चोलीमा
    ङ. दीपक विष्टः चट्टै माया फरर

    ७. उत्कृष्ट तीज दोहोरी गीत छायांकार
    क. मोहनिष श्रेष्ठः छम् छम् छम्
    ख. मुकेश हुमागाईः रातो रातो सारी
    ग. प्रकाश खड्काः वचनैले नघोच
    घ. शम्भु चालिसेः विधुवा
    ङ. सुजन श्रेष्ठः छड्के तिलहरी

    ८. उत्कृष्ट तीज गीत छायांकार
    क. विष्णु शर्मा ः पातली –२, ऐना हेरी हेरी
    ख. मधुर बस्नेतः हाम्री संगीनी
    ग. मनिष पन्थः छोरी
    घ. अजय रेग्मीः चट्टै माया फरर
    ङ. दीपेन बस्नेतः ढाकाको चोलीमा

    ९. उत्कृष्ट तीज दोहोरी गीत मोडल (पुरुष)
    क. निर्मल क्षेत्रीः चकचके
    ख. नविन ठकुरीः पीर नयाँको
    ग. रोविन पोखरेलः रातो रातो सारी
    घ. राहुल श्रेष्ठः छम् छम् छम्
    ङ. रोविन पोखरेलः आयो तीज

    १०. उत्कृष्ट तीज दोहोरी गीत मोडल (महिला)
    क. नम्रता सापकोटाः आयो तीज
    ख. दीपाशा विसीः पीर नभाको
    ग. सरीता भारतीः छम् छम् छम्
    घ. दीपाशा विसीः बुहारी –३
    ङ. एलिना रायमाझीः सैना

    ११. उत्कृष्ट तीज गीत मोडल
    क. नन्दा बस्यालः हाम्री संगीनी
    ख. नीतु कोइरालाः नाचौं गाऔं रमाऔं
    ग. एलिना रायमाझीः सम्झायो माइतिघर
    घ. पुजना प्रधानः यसपाली तीजैमा
    ङ. सुप्रिया कटुवालः यसपाली तीजैमा

    १२ उत्कृष्ट तीज दाहोरी गीत भिडियो निर्देशक
    क. मानसिंह खड्काः बुहारी –३
    ख. देवेन्द्र कुवरः विधुवा
    गं युवराज खत्रीः छड्के तीलहरी
    घ. नीशा के.सीः आयो तीज
    ङ. राजकुमार मगरः सैना

    १३. उत्कृष्ट तीज गीत नृत्य निर्देशक
    क. सुरेन्द्र बसेलः सुरक्षित तीज
    ख. लोकेन्द्र शाहः चेलीको पिडा
    ग. काजीश श्रेष्ठः चट्टै माया फरर
    घ. मौसम हिमालीः ढाकाको चोलीमा
    ङ. छवि थापा मगर÷राहुल श्रेष्ठः रातो सारी लरक्कै

    १४. उत्कृष्ट तीज गीत भिडियो निर्देशक
    क. गम्भिर विष्टः यस्तो बनोस मेरो तीज
    ख. समन अधिकारीः सुरक्षित तीज
    ग. सुर्य चन्दः छम् छम् बजाउदै चुरा
    घ. काजिश श्रेष्ठः सलहका बगाल
    ङ. राजकुमार मगरः बुट्टा भरेको

    १५. युगल तीज गीत
    क. सुजाता केसी÷रोजी श्रेष्ठ ः सलहका बगाल
    ख. सुमित्रा कोईराला÷अमृता लुंगेली मगरः चट्टै माया फरर
    ग. भुमिका गिरी÷टीका सानुः बुट्टा भरेको

    १६. तीज गीत युगल मोडल (मौलिक)
    क. दीपाशा विसी÷कला लम्सालः पातली–२ ऐना हेरी हेरी
    ख. नितु कोइराला÷शुशीला थापाः नाचौं न नाचौ न
    ग. बन्दना नेपाल÷करिश्मा सिंह ठकुरीः सरर सरर सरर
    घ. दीपाशा बीसी÷शुशिला थापाः सलहका बगाल
    ङ. इरा भट्टराई÷मेनुका थापाः कोरोना र लकडाउन

    १७. उत्कृष्ट तीज दोहोरी गीत कम्पनी
    क. राजकुमार फिल्म्सः ऐना
    ख. राजकुमार फिल्मः नक्कले भिनाजु–४
    ग. एस थ्रि के इन्टरटेनमेन्टः विधुवा
    घ. एस थ्रि के इन्टरटेनमेन्टः बचनैले नघोच
    ङ. सम्झना डीजिटलः चकचके
    छ. साइन इन्टरटेनमेन्टः आयो तीज

    १८. उत्कृष्ट तीज गीत कम्पनी
    क. मुभी ¥याकः ढाकाको चोलीमा
    ख. एस थ्रि के इन्टरटेनमेन्टः चेलीको बेदना
    ग. सोनी फिल्म्सः आमाको काख
    घ. श्री नगर फिल्म्सः कोरोना र लकडाउन
    ङ. काजोल म्यजिकः हाम्री संगीनी कति राम्री

    १९. उत्कृष्ट तीज दोहोरी गीत शब्द
    क. लोकराज अधिकारीः आयो तीज
    ख. राजन कार्कीः रातो रातो सारी
    ग. यशु थापाः बरी लै माइतीको आगन
    घ. राजु सुनामः चक चके
    ङ. सतिष अधिकारीः विधुवा

    २०. उत्कृष्ट तीज गीत शब्द
    क. शिव हमालः पातली–२, ऐना हेरी हेरी
    ख. चिरन बरालः छोरी
    ग. कृष्ण बस्नेतः आयो तीज
    घ. दयाराम पाण्डेयः सुरक्षित तीज
    ङ. दुर्योधन बस्नेतः सम्झायो माइतीघर

    २१. उत्कृष्ट तीज गीत मौलिक शब्द
    क. विपिन किरणः यस्तो बनोस् मेरो तीज
    ख. डा.कृष्णहरी बरालः सरर सरर सरर
    ग. लोकराज अधिकारीः सलहका बगाल
    घ. शोभा के.सी.ः छम् छम् बजाउँदै चुरा
    ङ. शुष्मा देवकोटाः भेल्वेटको चोली

    २२. उत्कृष्ट तीज दोहोरी गीत लय
    क. हेमन्त कान्छा रसाइलीः बचनैले नघोच
    ख. हेम श्रेष्ठः नाच्न आकी छु
    ग. तीलक बस्नेतः बरी लै माइतीको आगन
    घ. विशाल रायमाझीः नक्कले भिनाजु–४
    ङ. हरी गिरी विमर्षिः आमाको काख

    २३. उत्कृष्ट तीज गीत लय
    क. शिव हमालः पातली–२ ऐना हेरी हेरी
    ख. मनोज राजभण्डारीः ढाकाको चोलीमा
    ग. रोशन कुताल क्षेत्रीः चेलीको बेदना
    घ. योगेश काजीः बजाउँदै चुरा
    ङ. राज सागरः भेल्वेटको चोली

    २४. उत्कृष्ट तीज दोहोरी गीत गायक
    क. सुर्य खड्काः सलह किराले
    ख. कमल विसीः लुती (साडी सुतीको)
    ग. हेमन्त रसाइली कान्छाः विधुवा
    घ. हेम श्रेष्ठः नाच्न आकी छु
    ङ. तीलक बस्नेतः बरी लै माइतिको आगन

    २५. उत्कृष्ट तीज दोहोरी गीत गायिका
    क. टीका सानुः बुहारी –३
    ख. सीतादेवीः विधुवा
    ग. रमिला न्यौपाने ः पिर नभाको
    घ. सिर्जना खत्री हाउडेमायाः छड्के तीलहरी
    ङ. समिक्ष अधिकारीः आयो तीज

    २६. उत्कृष्ट तीज गीत गायिका
    क. सञ्जु लम्सालः हाम्री संगिनी
    ख. मञ्जु थापाः यसपाली तीजैमा
    ग. मीना केसीः चेलीको पिडा
    घ. अञ्जु श्रेष्ठः भेल्वेटको चोलीमा
    ङ. शर्मिला कंडेलः चेलीको वेदना

    २७. उत्कृष्ट तीज गीत मौलिक गायिका
    क. कला लम्सालः पातली–२, ऐना हेरी हेरी
    ख. रेखा पौडेलः नाचौं न नाचौं न
    ग. लक्ष्मी पुरी प्रधानः माइती र चेली
    घ. माण्डवी त्रिपाठीः आयो तीज
    ङ. सरीता पन्थीः छोरी

    २८. उत्कृष्ट तीज मौलिक गीत
    क. अनिता चलाउनेः यस्तो बनोस् मेरो तीज
    ख. सारीका घिमिरेः बजाउँदै चुरा
    ग. शोभा पाण्डेः सरर सरर सरर
    घ. कोमल राजभण्डारीः ढाकाको चोली
    ङ. देवीका बन्दनाः छम् छम् बजाउँदै चुरा

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु