• गायिका अमृता श्रीपालको तीज कोसेली ‘खैनीले’ (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: ३ भाद्र २०७५, आईतवार

    ३ भाद्र, काठमाडौं । गायिका अमृता श्रीपालको तीज कोसेली ‘खैनीले’ बजारमा आएको छोटो समयमा नै चर्चामा रहेको छ । म्यूजिक नेपालको यूट्यूब च्यानलबाट सार्वजनिक भएको उक्त गीतले राम्रो दर्शकहरु पाएको छ । यूट्यूबमा भिडियो हेर्नेको सख्या यतिबेला करिब ७ लाखको हाराहारीमा पुगिसकेको छ ।

    नेत्र अर्यालको शब्दमा रञ्जित परियारको लय रहेको उक्त गीतमा गायिका अमृता र रञ्जित परियारले स्वर दिएका छन् । सम्भावना बोकेकी गायिकाको रुपमा उदाएकी श्रीपालको स्वर यतिखेर धेरैले रुचाएका छन् । लोकदोहोरी गायनमा पछिल्लो समयमा आएको प्रतिभा देखेर धेरैले अमृतको सम्भावना लोकदोहोरीमा रहेको बताइरहेका बेला उनको ‘खैनीले’ बोलको गीतले सबैलाई आकर्षित पनि गरेको छ ।

    खैनीले बोलको गीतको म्यूजिक भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् । करण चैंसिरको छायाँकन रहेको उक्त भिडियोलाई नवीन घर्तीमगरले सम्पादन गरेका हुन् । गायक रञ्जित परियार र अञ्जली अधिकारीको अभिनय रहेको यस गीतले तीजको अवसरमा राम्रो सफलता पाउनेमा गायिका अमृता श्रीपाल विश्वस्त रहेकी छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु