आधुनिकतामै तीजको मौलिकता समेटिएको शसक्त गीत : ‘टिकुली खै मेरो’

म्यूजिक खबर
प्रकाशित: ३० श्रावण २०८०, मंगलवार

काठमाडौं । महिलाहरूको महान पर्व हरितालिका तीज आउन अझै एक महिना बाँकी रहेको छ । तर, एक महिना अघिदेखि नै तीजका गीत दिनहुँ सार्वजनिक भइरहेका छन् । नयाँदेखि स्थापित कलाकारसम्मले पछिल्लो समय धमाधम तीजका गीत सार्वजनिक गरिरहेका छन् । यसै क्रममा तीजको मौलिकता झल्काउने ‘टिकुली खै मेरो’ बोलको तीज गीत बजारमा आएको छ ।

गीतमा लोकप्रिय गायिका सीता केसीसँगै कलाकार जय देबकोटाको स्वर सुन्न सकिन्छ । गायिका सीताकै शब्द तथा संगीत समेत रहेको गीतमा महिदाहरु भेला भएर दर खाएपछिको परिस्थितीलाई देखाइएको छ । श्रीमती र श्रीमानको वार्तालापलाई सो गीतमा मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । मदन केसीले गीतलाई संगीत संयोजन गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा आरुषी मगर, जुनु एसडि, रितु तामाङ, चहान श्रेष्ठ, सुमित्रा श्रेष्ठ, राज सुबेदी, जय देबकोटा, पवन केसी, मदन केसी, रोयल लामा लगायतको अभिनय तथा नृत्य रहेको छ । क्रान्ती केसीद्वारा निर्देशित तथा सम्पादित म्यूजिक भिडियोलाई राम केसीले छायांकन गरेका छन् ।
आधुनिकताका नाममा तीज गीतको मौलिकता हराउँदै गएका अवस्थामा आधुनिकतालाई टेक्दै तीजको मौलिकता समेटेर ‘टिकुली खै मेरो’ ल्याइएको गायिका सिताले बताइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु