तेजकुमारको रोमान्टिक गीत ‘कालो कालो’ सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १६ असार २०७६, सोमबार

पुर्वेली लोकप्रिय गायक तेजकुमार खवासको स्वरमा ‘कालो कालो’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । तेजकुमारकै शब्द तथा सङ्गीत रहेको गीतको भिडियोमा माया प्रेम र रोमान्सलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । गीतको एरेन्ज निरज श्रेष्ठले गरेका छन । प्रेम लामाको छायाँकन तथा सम्पादन र टेकेन्द्र शाहको निर्देशन रहेको छ । भिडियोमा अर्जुन, ईश्वरी र तारालाई फिचरिङ गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु