काठमाडौं । गायक संगीतकार तेजु अर्याल’को तीज गीत ‘ढल्की ढल्की नाच्नलाई’ गीतको भिडियो सार्वजनिक भएको छ । तीज नजिकिंदै गर्दा नेपाली संगीत बजारमा तीज गीतका म्युजिक भिडियो धमाधम सार्वजनिक भईरहेका छन । तत्यसैलाई निरन्तरता दिँदै गायक संगीतकार तेजु अर्याल’ले ‘ढल्की ढल्की नाच्नलाई’ तीज गीतको भिडियो सार्वजनिक गरेका हुन । त्यसो त गायक संगीतकार अर्याल नेपाली संगीत बजारमा नयाँ नाम भने होइन दुई दशक भन्दा बढी संगीत क्षेत्रमा कृयाशिल कुशल संगीतकार पनि हुन ।
देवदह रुपन्देहीका बासिन्दा अर्याल आफ्नो क्षेत्रमा कुशल कार्यक्रम संचालक तथा सामाजिक ब्यक्तित्वका रुपमा पनि चिर परीचित छन । साथै रुपन्देही क्षेत्रमा हुने सांगीतिक रियालिटी शो मा उनको कुशल निर्णायक’को भूमिका पनि रहँदै आएको हुन्छ । मेला महोत्सव सांगीतिक कार्यक्रममा उनी बद्यबादको रुपमा पनि समवेश भै, नै, रहेका हुन्छन्, उनलाई सबैले बहुप्रतिभाका धनि गायक संगीतकार भनेर पनि चिन्दछन् ।
उनले गीत संगीत क्षेत्रमा नेपालका ख्याती प्राप्त गायक गायिक सँग पनि शहकार्य गर्दै आइरहेका छन । उनी लोक आधुनिक मात्र नभई भजन गीत संगीत ‘ देशभक्ती गीत’ मा पनि उत्तिकै चर्चित छन । उनको शब्द संगीत तथा स्वर रहेका नेपाली आधुनिक लोक आधुनिक लोक भजन राष्ट्रिय गीत चर्चामा छन । गायक संगीतकार अर्याल कलाकारका अती प्रिय छन । उनी आफु मात्र नभई आफ्ना दुई छोरालाई पनि गीत संगीतमा अध्यन गराईरहेका छन् ।
गायक अर्याल आफु त चर्चामा रहिरहन्छन भने मोफसलमा उनका दुवै छोराहरु पनि आफ्नो प्रतिभाका कारण चर्चामा रहिरहेका हुन्छन् । उनको परिवार एक नमुना परिवारकै रुपमा चिर परीचित छ ्र गायक संगीतकार अर्याल एक गीत संगीतका साधक हुन’ त्यसैले उनले संगीतलाई छोड्न सक्दैनन् ्र त्यसैले बेला बेलामा उनको संगीतिक रचना आइरहेका हुन्छन र चर्चामा पनि रहन्छ्न् । त्यसै अनुरुप गायक संगीतकार तेजु अर्यालले भर्खर तीज गीत ‘ढल्की ढल्की नाच्नलाई’ गीतको भिडियो बजारमा ल्याएका छन । गीतमा शब्द संगीत स्वर गायक अर्यालकै रहेको छ । उनलाई गायकिमा गायिका समिक्षा अधिकारीले साथ दिएकी छन । गीतमा संगीत सम्योजन कृष्ण बिक (भान्जा)को रहेको छ । गीतको भिडियोमा निर्देशन तथा नृत्य निर्देशन कजिश श्रेष्ठ, छायाँकन दिपक गिरी, सम्पादन अमृत चापागाईंको रहेको छ । उक्त गीतको अडियो भिडियो सालीना म्युजिक प्रा.लि.ले गरेको छ । गीतको भिडियोलाई सलिना म्युजिक’को युट्युब च्यानलमा हेर्न सकिन्छ’ भने पोस्ट प्रोडक्सन जनता फिल्मसले गरेको छ ।