
काठमाडौं । ‘गीतकार टेक तामाङ सांगीतिक साँझ – २०८२’ भव्यरुपमा सम्पन्न भएको उपलक्ष्यमा आयोजक संस्था गीतकार संघ नेपालले ‘धन्यवाद कार्यक्रम’ गरेको छ । असार २१ गते शनिबार राजधानीको प्रदर्शनीमार्गस्थित पुलिसक्लबको हलमा धन्यवाद कार्यक्रमको आयोजना गरिएको हो । पूर्वअर्थमन्त्री समेत रहेका विशिष्ट गीतकार एसपी कोइरालाले प्रमुख आतिथ्यता गरेका थिए भने गीतकार संघका नेपालका अध्यक्ष बसन्त बित्यासी थापाको सभापतित्व रहेको थियो ।
कार्यक्रममा ‘गीतकार टेक तामाङ सांगीतिक साँझ – २०८२’ कार्यक्रमलाई सहयोग पू¥याउने कलाकार, आयोजक टिमका सदस्यहरू, प्रायोजक, सहयोगी हातहरू तथा मिडिया लगायत सहयोग पू¥याउने सबैलाई हार्दिक आभार पत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि कोइरालाले भने –‘पछिल्लो समय एकल साँझ निकै कम हुन थालेको अवस्थामा खचाखच भरिएको हलमा, प्रतिष्ठित व्यक्तित्वहरुको माझमा एकल साँझ हुनुले संगीत क्षेत्रकै जीत भएको छ । अझ गीतकारहरुको एकल साँझ त झन् बिरलै हुने गरेको छ । यो अवस्थामा पनि एकल साँझ हुनुले निकै खुशी तुल्याएको छ ।’ राष्ट्र« गहना, प्रतिष्ठित कलाकारहरुलाई आफ्नो हातबाट आभार पत्र प्रदान गर्न पाउँदा निकै खुशी मिलेको उनले बताए । उनले अगाडि भने – ‘कार्यक्रम सम्पन्न भएपछि बिर्सने गरिन्छ तर यहाँ कार्यक्रम सम्पन्न भएपछि पनि धन्यवाद दिनकै लागि अर्को कार्यक्रमको आयोजना गरिएको छ । यो राम्रो संस्कृती हो ।’
त्यस्तै कार्यक्रमका सभापति गीतकार संघका अध्यक्ष बसन्त बित्यासी थापाले गीतकार टेक तामाङ सांगीतिक साँझ – २०८२’ लाई भव्यताका साथ सफल पार्न अथक भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले गीतकार संघ नेपाल सबै भेग र वर्गलाई समेट्ने गीतकारहरुको साझा चौतारी भएका र गीतकारहरुको हक, हित र पहिचानका लागि संस्था र आफू सदैब तत्पर रहने बताए ।
धन्यवाद कार्यक्रमलाई गीतकार संघका उपाध्यक्ष रमेश कोइरालाले सन्चालन गरेका थिए । सांगीतिक कार्यक्रम सम्पन्न भए पश्चात यस प्रकारको कार्यक्रम नगण्य रुपमा हुने गरेका छन् ।
‘गीतकार टेक तामाङ सांगीतिक साँझ – २०८२’ गत असार १४ गते राजधानीको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको सभाहलमा भव्यरुपमा सम्पन्न भएको थियो । गीतकार टेक तामाङद्वारा रचित १७ गीतहरु प्रतिष्ठित गायक–गायिकाले प्रत्यक्ष वाद्यवादन टिम सहित प्रस्तुति दिएका थिए । देशका विभिन्न निकायका लब्धप्रतिष्ठित व्यक्तित्वको बाक्लो उपस्थिती रहेको कार्यक्रमा १४ सय बढी दर्शक श्रोता सांगीतिक साँझमा झुमेका थिए ।