हिमाल र तृसलाको “डोली” (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १३ भाद्र २०७६, शुक्रबार

काठमाडौं । हिमाल श्रेष्ठ र तृसला गुरुङको “डोली” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सोही गीतमा बिष्ट शिरिषको शब्द तथा संगीत रहेको उक्त गीतमा नरेन्द्र बियोगीको एरेंज रहेको छ । माया पिरतीको भाव समावेश गरिएको उक्त गीतमा आफ्नो मायालुलाई लगन गाठो गाँसेर डोली चढाई लाने कुरा गरिएको छ । उक्त गीतको भिडियोलाई टेकेन्द्र शाहले निर्देशन गरेका हन भने सोही भिडियोमा आश्मा बिश्वकर्मा र सरोज अधिकारीलाई प्रेमील जोडीको रुपमा प्रस्तुत गरिएको छ ।

धेरै गीतका भिडियोमा अभिनय गरिसकेका र रुचाइएको कार्टुन क्रूलाई उक्त गीतको भिडियोमा निकै राम्रो नृत्य गर्दे देख्न सकिन्छ । उक्त गीतमा आश्मा बिश्वकर्मा र सुविन चौहानको कोरियोग्राफी रहेको भिडियोलाई निर्देशक टेकेन्द्र शाहाकै सम्पादन रहेको छ । सोही गीतको भिडियोलाई कार्टुन क्रूको युटयुबबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु